झापामा फोहोरमैलाबाट बायोग्यास प्लान्ट सञ्चालनको तयारी « Khabarhub

झापामा फोहोरमैलाबाट बायोग्यास प्लान्ट सञ्चालनको तयारी


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  झापाको कनकाईमा फोहोरमैलाबाट नेपालकै पहिलो स्तरको बायोग्यास प्लान्ट सञ्चालन हुने गरी तयारीलाई तीव्र बनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोे घरघरमा पाइपलाइनबाट ग्यास पुर्‍याउने सपना साकार बनाउने अभियानको निरन्तरतास्वरुप १८ करोडको लागतमा कार्य सम्पन्न हुने गरी प्लान्ट निर्माणको काम सञ्चालन भएको हो ।

पहिलो पटक ९०० घरधुरीमा पाइपलाइनबाट बायोग्यास पुर्‍याउने लक्ष्य रहेको बताइएको छ ।

झापाका तीन नगरपालिका कनकाई, विर्तामोड र अर्जुनधाराको फोहर सङ्कलन गरेर बायोग्यास र डिजेल उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माणको काम प्रारम्भ गरिएको हो । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिमिटेड नामको संस्था दर्ता गरी कनकाई–२ स्थित सुकेडाँगीमा प्लान्ट निर्माणको कार्यलाई निरन्तरता दिइएको बताइएको छ ।

प्लान्ट सञ्चालनका लागि ८९ लाखमा ५७ कट्ठा जग्गा खरिद गरी ५४ लाखको लागतमा स्थानीय सन्का खोलामा बाँध बाँधेर बायोग्यास प्लान्ट निर्माणस्थललाई व्यवस्थित बनाइएको कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले जानकारी दिनुभयो ।

फोहर मैला सङ्कलन गरी फोहरलाई मोहोरमा बदल्ने स्थानीय तहको योजनाअनुरुप दिगो फोहरमैलाको व्यवस्थापन गरी बायोग्यास प्लान्ट निर्माण हुन लागेको बताइएको छ । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिले एक विशेष कार्यक्रमबीच संस्थाको ‘प्रगति विवरण एवं आगामी कार्ययोजना’ समेत सार्वजनिक गरिसकेको छ ।

संस्थामा हालसम्म ५८५ शेयर सदस्य भएका छन् भने संस्थापक शेयरका लागि यही पुस १५ गतेसम्म समय थप गरिएको अध्यक्ष तिम्सिनाले बताउनुभयो । शेयर सदस्यले न्यूनतम रु १० हजारदेखि रु पाँच लाखसम्मको शेयर खरिद गर्न पाउने व्यवस्था गरेको बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १० : ४५ बजे

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई