नेकपा वरिष्ठ नेता नेपाल र बेलायती राजदूतबीच भेटवार्ता « Khabarhub

नेकपा वरिष्ठ नेता नेपाल र बेलायती राजदूतबीच भेटवार्ता


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सहयोगका विषयमा छलफल भएको हो ।

भेटमा नेता नेपालले राजदूत पोलिटको कार्यकालमा नेपाल र बेलायतबीचको लामो एवं सुमधुर कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

बेलायती राजदूत पोलिटले नेता नेपालसँग करीब २० वर्ष पहिले आफू शोधकर्ताको रूपमा नेपाल आएको र सुन्दर अन्नपूर्ण पदयात्रा गरेको स्मरण गरेकी थिइन् ।

उनले नेपालको राजनीति, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा पूर्वप्रधानमन्त्री नेपालको भूमिकाबारे आफूले जानकारी पाएको उल्लेख गर्दै सबैको सहयोगमा नेपाल–बेलायत सम्बन्धमा सक्दो सकारात्मक योगदान दिने बताइन् ।

 

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ८ : ४४ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य