भक्तपुरका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालित « Khabarhub

भक्तपुरका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकाले कमलविनायक क्षेत्रमा गरेको औषधि (फार्मेसी) पसलको अनुगमनमा अधिकांश औषधि पसलहरु अवैधरूपमा सञ्चालन भएको पाइएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक र च्याम्हासिंह क्षेत्रमा भएको औषधि पसलहरुको अनुगमनमा अधिकांश औषधि पसलहरु दर्ता तथा नवीकरण नगरी अवैधरूपमा सञ्चालन भएको पाइएको हो ।

अनुगमनमा हेलो जनस्वास्थ्य फर्मा, विनायक फार्मेसी, च्याम्हासिंह मेडिकल हल, कमलविनायक फर्माले दर्ता नवीकरण नगरेको, फोहर भएको, म्याद नाघेको औषधिहरु छुट्टै स्थानमा भण्डारण नगरी बिक्री गर्ने ठाउँ मै राखिएको पाइएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यसैगरी साँचो फर्माले नवीकरण नगर्नुका साथै दर्ताभन्दा फरक नामको साइनबोर्डको राखेको, औषधि व्यवस्था विभागको पनि दर्ता नवीकरण नभएको, म्याद नाघेको औषधिसमेत एकै ठाउँमा राखिएको पाइएको उनले जानकारी दिए ।

अनुगमनमा अधिकांश औषधि पसलहरुमा औषधि विभागको अनुमति प्राप्त व्यक्तिले मात्र औषधि बेचविखन गर्नुपर्नमा औषधिसम्बन्धी ज्ञान नै नभएका मानिसले औषधि बिक्री गरेको पाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ८ : ५५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन