भक्तपुरका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालित | Khabarhub Khabarhub

भक्तपुरका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकाले कमलविनायक क्षेत्रमा गरेको औषधि (फार्मेसी) पसलको अनुगमनमा अधिकांश औषधि पसलहरु अवैधरूपमा सञ्चालन भएको पाइएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक र च्याम्हासिंह क्षेत्रमा भएको औषधि पसलहरुको अनुगमनमा अधिकांश औषधि पसलहरु दर्ता तथा नवीकरण नगरी अवैधरूपमा सञ्चालन भएको पाइएको हो ।

अनुगमनमा हेलो जनस्वास्थ्य फर्मा, विनायक फार्मेसी, च्याम्हासिंह मेडिकल हल, कमलविनायक फर्माले दर्ता नवीकरण नगरेको, फोहर भएको, म्याद नाघेको औषधिहरु छुट्टै स्थानमा भण्डारण नगरी बिक्री गर्ने ठाउँ मै राखिएको पाइएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यसैगरी साँचो फर्माले नवीकरण नगर्नुका साथै दर्ताभन्दा फरक नामको साइनबोर्डको राखेको, औषधि व्यवस्था विभागको पनि दर्ता नवीकरण नभएको, म्याद नाघेको औषधिसमेत एकै ठाउँमा राखिएको पाइएको उनले जानकारी दिए ।

अनुगमनमा अधिकांश औषधि पसलहरुमा औषधि विभागको अनुमति प्राप्त व्यक्तिले मात्र औषधि बेचविखन गर्नुपर्नमा औषधिसम्बन्धी ज्ञान नै नभएका मानिसले औषधि बिक्री गरेको पाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ८ : ५५ बजे

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९

उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छाैं : प्रचण्ड

धनुषा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर – भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

सांसद मन्त्री हुन नपाउने व्यवस्था आवश्यक : लिङ्देन

सुदूरपश्चिम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको

अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

मुगु – हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज