नारायणगोपाल युवा संगीत पुरस्कार अविरल र मीनालाई | Khabarhub Khabarhub

नारायणगोपाल युवा संगीत पुरस्कार अविरल र मीनालाई


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कार आशिष अविरल र मीना निरौलालाई प्रदान गरिएको छ ।

राष्ट्रिय युवा परिषद्ले उनीहरुले नेपाली संगीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही रु २५ हजार र स्वर्ण पदकसहित पुरस्कृत गरेको हो ।

विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यका स्मृतिमा सो कोष स्थापना गरेको हो । युवा गायक तथा संगीतकार अविरलले ‘सालको पात…’, ‘लालुमाई…’ तथा निरौलाले ‘काले दाइ काले दाइ…’, ‘ठमेल बजार…’ जस्ता गीत गाएकी छन् । यो पुरस्कार हालसम्मा ४६ जनालाई प्रदान गरिसकिएको छ ।

यस्तै यस वर्षको चित्रकार अरनिको युवा कला पुरस्कार विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिएको छ । चित्र र मूर्तिकलाका फाँटमा सक्रिय रही निरन्तर रुपमा योगदान दिएको भन्दै युवाकलाकारद्वय महर्जन र डङ्गोललाई जनही रु २५ हजार र स्वर्ण पदकसहित सो पुरस्कार दिइएको हो ।

कोषले सो पुरस्कारको स्थापना विसं २०५७ मा स्थापना गरेको हो । स्थापनाकाललेखि सो संस्थाले हालसम्म ३० जनालाई पुरस्कार प्रदान गरिसकेको छ ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाको सम्मानका लागि समग्र देश नै अग्रसर हुनुपर्ने बताए ।

युवाको परिचालन र सम्मान नभएसम्म देश विकास हुन नसक्ने भन्दै उनीहरुको प्रतिभाको कदर गर्नुपर्नेमा उनले जोड दिएका थिए । संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीले संस्था स्थापनाकालदेखि नै युवाको हितमा लागिपरेको भन्दै आउने दिनमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : १५ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको