नक्कली नोट बनाएर ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

नक्कली नोट बनाएर ठगी गर्ने दुई जना पक्राउ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुङ्गा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको परिसरले जानकारी दिएको छ । उनीहरुले रु एक हजार दरका सक्कली नोटलाई रसायन प्रयोग गरी नक्कली नोट बनाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट १२ बण्डल नक्कली नोटजस्तो देखिने कागजको बण्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग गर्ने कैँची बरामद गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

यसैबीच अमर्यादित अश्लील, उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको आरोपमा फुल्चोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अन्तरवार्ता दिने मोडल परी तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँले मङगलबार कलङ्कीबाट पक्राउ गरी साइवर क्राइम अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : ५६ बजे

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन