एउटा लोकगीत, जसले बजार पिट्यो… « Khabarhub

एउटा लोकगीत, जसले बजार पिट्यो…


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खुशीको कुरा हो, केही समय लोकगीत भन्दा नाक खुम्च्याउने दर्शकले पनि अहिले खुलेर लोकगीतमा नाच्न थालेका छन् । गुनगुनाउन थालेका छन् । पछिल्लो समय लोकगीतमा आएको अश्लीलता पनि बिस्तारै कम हुँदै गएको छ ।

यसैबीच पछिल्लो समय एउटा गीतले भने लोकगीतको बजार पिटेको छ ।

शिव हमालको युट्युब च्यानलमा अपलोड गरिएको ‘लालुमै’ बोलको लोकगीतलाई दर्शकले निकै रुचाएका छन् । विष्णु माझी र सन्दीप न्यौपानेको स्वर रहेको यो गीतलाई शिव हमालले संगीत तथा लय सिर्जना गरेका हुन् । यो गीतसँगै शिव हमालको पनि तारिफ गरिएको छ ।

यता गीतको भिडियोको पनि उत्तिकै तारिफ भइरहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको ड्रोन र छायांकन कला देख्न सकिन्छ भने सृष्टि खड्का र सन्दीप न्यौपानेले कम्मर मर्काएका छन् ।

कतिपयले यो गीतलाई यसअघि रिलिज गरिएको सुपरहिट गीत ‘सालको पात टपरी’ सँग तुलना गरेका छन् । संयोग के छ भने, उक्त गीतमा पनि गायिका विष्णु माझीको नै स्वर थियो । गायिका माझीले स्वर दिएका सयौँ गीत सुपरहिट छन् ।

अनिल पौडेलले कमेन्ट छोडेका छन्, ‘गहिराइमा सुनिरहेको छु, आसामबाट माया, लोकगीत यतिसम्म राम्रो हुन्छ भन्ने मैले महसुस गरेको थिइनँ ।’

यस्तै एक प्रयोगकर्ताले सयपटकभन्दा बढीपटक हेरेको लेखेका छन् । त्यस्तै घतानी राजेशले लेखेका छन्, ‘अहिलेसम्म नाच्न नजान्ने केटा म अस्तिको शनिबार मज्जाले नाचियो, यो गीतमा जानी नजानी । साह्रै राम्रो लागेको गीत ।’

यो समाचार तयार पार्दासम्म यो गीतमा ५ हजार ३ सय ४० प्रतिक्रिया आएका छन् । तीमध्ये धेरै कमेन्टमा तारिफ गरिएका छन् । गीतलाई झण्डै साढे ६५ लाखले युट्युबमा हेरेका छन् भने ६० हजारले लाइक गरेका छन् ।

यस्तै ४ हजारले मन नपराएको भन्दै डिसलाइक बटन पनि थिचेका छन् । यो गीत सार्वजनिक रुपमा पनि निकै बजाइएको पाइन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  २ : १४ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व