नेपालको पानी किन्न कतार इच्छुक « Khabarhub

नेपालको पानी किन्न कतार इच्छुक


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ। शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ। छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरेको नयाँ पत्रिकामा खबर छ ।

प्रतिवेदनमा मन्त्रालयले नेपालको खानेपानी खाडी राष्ट्रसँगै छिमेकी देश भारत र बंगलादेशमा पनि निर्यात गर्न सकिने जनाएको छ। खाडी राष्ट्रमा खासगरी ग्लेसियस वाटर (हिमनदीको पानी) र भारत तथा बंगलादेशमा पानीको थोक वितरण गर्न सकिने सम्भावना देखाइएको छ। नेपालमा दैनिक कुल दुई सय २५ अर्ब क्युबिक मिटर पानी बग्छ। त्यसको १५ प्रतिशत मात्रै नेपालको कुल उपभोग क्षमता हो।

बाँकी ८५ प्रतिशत पानी खेर गइरहेको छ। सहसचिव भट्टले भारत र बंगलादेशमा भने ठूला नदीका पानी पाइपबाट वितरण गर्न सकिने बताए। ‘थोक वितरण प्रणालीअनुसार नेपालमा ७० प्रतिशत उपयोग गर्ने र बाँकी ३० प्रतिशत भारत र बंगलादेशमा निर्यात गर्न सकिन्छ,’ उनले भने।

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह शीर्षकको समाचारमा नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा पुगेको छ। नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रूपमा डक भएको छ। नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २ : ३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो। अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले भर्जिनियास्थित ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट भू–उपग्रह भएको यान प्रक्षेपण गरेको थियो।

अब अन्तरिक्ष कक्षमा भूउपग्रहका पाटपुर्जाले काम गरे–नगरेको अन्तरिक्षयात्रीले परीक्षण गर्नेछन्। सफल परीक्षण भए करिब डेढ महिनाभित्र पृथ्वीको कक्षमा छाड्ने योजना रहेको नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलले बताए।

सिर्जनशील युवा शीर्षकमा पत्रिकाले नयाँ प्रविधिको विकास गरी राम्रो आयआर्जन गर्ने युवाको सफलतालाई समावेश गरेको छ । जस अन्तर्गत नेपाली धोवी, खाली सिसी, इसेवा, फडमारियो, बस सेवालगायतका एपमार्फत गरेको कामले पाएको सफलतालाई समावेश गरेको ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ६ : ५६ बजे

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक