कारागार हातामा मन्दिर निर्माण | Khabarhub Khabarhub

कारागार हातामा मन्दिर निर्माण


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्ला कारागार दैलेख हातामा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । गएको तिहारमा कारागारभित्रै देउसीभैलो खेलेर जम्मा भएको १२ हजार रुपैयामा मूर्ति ल्याएर पूजा गर्ने कैदीबन्दीको अवधारणा जानकारी पाएपछि जेलर जीतबहादुर खत्रीको प्रयासमा नारायण नगरपालिकाको एक लाख अनुदानमा मन्दिर निर्माण गरिएको हो ।

मन्दिर निर्माणमा अरू शुभेच्छुकको सहयोग र कैदीबन्दीको श्रमदानसमेत करीब ११ लाखको लागतमा सरस्वती मन्दिर र खेलमैदानको प्रबन्ध भएको कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्रीले जानकारी दिए । कारागार हातामा नवनिर्मित सरस्वती मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । सो अवसरमा सांसद पार्वती विशुन्केले दैलेख कारागारका कैदीबन्दीलाई जेलजीवन रचनात्मक काममा उपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा दैलेखका प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाले कैदीबन्दीलाई असल चालचलनका आधारमा कैदी मिनाह हुने कानूनी व्यवस्था भएकाले आफूलाई समयअनुसार परिस्कृत गर्न सुझाव दिए । नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह, भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले दैलेख कारागारमा कैदीबन्दीले योग व्यायाम, धार्मिक अनुष्ठान र सीप सिक्न ध्यान दिएकाले आफूहरु सहयोग गर्न उत्सुक भएको बताए।

कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्री, मानबहादुर नेपाली, पुस्तकालयका उपेन्द्र शाहीले कारागारमा जेलजीवन बिताइरहेका कैदीबन्दीलाई आयमूलक सीप विकास तालीम, तनाव कम गराउन मनोविमर्श सेवा र कानूनी सहायता कक्षको आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ९ : १४ बजे

अन्तिम मिनेटमा अनन्तले गोल गर्दा बंगलादेशसँग हारबाट जोगियो नेपाल

काठमाडौँ- ९० मिनेटपछि थपिएको अतिरिक्त समयमा डिफेन्डर अनन्त तामाङले गोल

मैत्रीपूर्ण खेलमा नेपाल र बंगालादेशको बराबरी

काठमाडौं – नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको

एकमहिनामा कांग्रेस केन्द्रीय समितिमा बैठकमा बोल्नेक्रम सकियो, निर्णय भने आएन

काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक महिनासम्म चलेको छ। असोज

एभरेस्ट महिला भलिबलः काठमाडौंले पोखरालाई हरायो

काठमाडौं – काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं

जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्चद्वारा मान्यता दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई