कारागार हातामा मन्दिर निर्माण « Khabarhub

कारागार हातामा मन्दिर निर्माण


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्ला कारागार दैलेख हातामा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । गएको तिहारमा कारागारभित्रै देउसीभैलो खेलेर जम्मा भएको १२ हजार रुपैयामा मूर्ति ल्याएर पूजा गर्ने कैदीबन्दीको अवधारणा जानकारी पाएपछि जेलर जीतबहादुर खत्रीको प्रयासमा नारायण नगरपालिकाको एक लाख अनुदानमा मन्दिर निर्माण गरिएको हो ।

मन्दिर निर्माणमा अरू शुभेच्छुकको सहयोग र कैदीबन्दीको श्रमदानसमेत करीब ११ लाखको लागतमा सरस्वती मन्दिर र खेलमैदानको प्रबन्ध भएको कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्रीले जानकारी दिए । कारागार हातामा नवनिर्मित सरस्वती मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । सो अवसरमा सांसद पार्वती विशुन्केले दैलेख कारागारका कैदीबन्दीलाई जेलजीवन रचनात्मक काममा उपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा दैलेखका प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाले कैदीबन्दीलाई असल चालचलनका आधारमा कैदी मिनाह हुने कानूनी व्यवस्था भएकाले आफूलाई समयअनुसार परिस्कृत गर्न सुझाव दिए । नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह, भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले दैलेख कारागारमा कैदीबन्दीले योग व्यायाम, धार्मिक अनुष्ठान र सीप सिक्न ध्यान दिएकाले आफूहरु सहयोग गर्न उत्सुक भएको बताए।

कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्री, मानबहादुर नेपाली, पुस्तकालयका उपेन्द्र शाहीले कारागारमा जेलजीवन बिताइरहेका कैदीबन्दीलाई आयमूलक सीप विकास तालीम, तनाव कम गराउन मनोविमर्श सेवा र कानूनी सहायता कक्षको आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ९ : १४ बजे

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प