रारामा बन्ने भए ३ भिलेज रिसोर्ट « Khabarhub

रारामा बन्ने भए ३ भिलेज रिसोर्ट


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु-कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ ।

बर्सेनी हजारौँ पर्यटक रारा घुम्न आउने गरेपनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले स्तरीय सेवा दिन भिलेज रिसोर्ट नामका तीन वटा रिसोर्ट खोल्न लागिएको हो ।

१५ करोडभन्दा बढी लगानी हुने रिसोर्टका लागि गोर्खा इकोप्यानलको प्रयोग गरी चाँडै रिसोर्टका भवन बनाएर सञ्चालनमा ल्याइने रिसोर्टका अध्यक्ष अनुपविक्रम शाहले जानकारी दिए । रारा विमानास्थल नजीकै रहेका ताल्चा, सल्लेरी र मुर्मा गरी तीन ठाउँमा सञ्चालनमा ल्याउन लागिएको रिसोर्टका लागि तीनै ठाउँमा गरी २० रोपनी क्षेत्रफलको जग्गामा ६० कोठे रिसोर्ट रहने बताइएको छ ।

विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । शुक्रबार मुगुको रारा विमानस्थल ताल्च, सल्लेरी र मुर्मामा रिसोर्ट निर्माणका लागि शिलान्याससमेत गरिएको सञ्चालक शाहले जानकारी दिए । जिल्लामा आउने हवाई र स्थलमार्ग सहज भएसँगै नेपालको रारा ताल हेर्न मुगु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गए पनि यहाँ राम्रो बास र खानाको व्यवस्था नहुँदा पर्यटकले सास्ती खेप्नु परेको थियो ।

हाल ताल रहेको हुटुमा दुई वटा होटल सञ्चालनमा छन् । दुवै होटलले दिनमा एक सयसम्म ग्राहक धान्न सक्ने क्षमता रहेको छ । स्थानीयवासीले रारा तालको छेउमा रहेका डाँफे होटल र भिलेज हेरिटेज रिसोर्टले राराको वातावरण प्रदूषण बढाएको भन्दै पटक पटक होटलहरू तालबाहिर सार्न माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ११ : ४२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन