‘जात्रै जात्रा’ का कलाकार भन्छन् – जीवन जात्रा हो « Khabarhub

‘जात्रै जात्रा’ का कलाकार भन्छन् – जीवन जात्रा हो


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘जात्रै जात्रा’ को गीत सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको यो गीतलाई युट्युबममा ओएसआर डिजिटलमार्फत ‘जीवन जात्रा हो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा फिल्ममा मुख्य तीन कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बनियाँले अभिनय गरेका छन् । गीतलाई फिल्मको कथा अनुसार वास्तविक बनाउन खोजिएको छ ।

उक्त गीतमा अर्जुन भट्टराईका शब्द छन् भने कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर सुन्न सकिन्छ । यस्तै गीतमा बिजु कर्माचार्यको मिक्सिङ र रिकेश गुरुङको एरेन्ज छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्म डार्क कमेडी विधामा निर्माण गरिएको हो । तीन पात्रको जीवनमा आउने उतारचढावलाई कथानक बनाइएको यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, कालु राणा, अंशु महर्जन लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

फिल्ममा कार्यकारी निर्मातामा रविन्द्रसिंह बनियाँ छन् भने सिंगे लामो र योगेश्वर पौडेलको निर्माण रहेको छ । चलचित्र जेठ ३ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १ : १७ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक