इजिप्टमा जनमतसङ्ग्रह, राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव « Khabarhub

इजिप्टमा जनमतसङ्ग्रह, राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो, – इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव सहितको संविधान संशोधन प्रस्तावमाथिको जनमतसङ्ग्रहका लागि शनिबार मतदान शुरु भएको छ । तीन दिने यो मतदान अप्रिल २२ तारिखमा समाप्त हुनेछ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले राजधानी कायरोमा शनिबार मतदान गर्नुभयो । जनमतसङ्ग्रहले संविधान संशोधन प्रस्ताव पारित गरेमा राष्ट्रपति अल–सिसीको वर्तमान कार्यकालमा दुई वर्ष थप गरी सन् २०२४ सम्म पुग्नेछ भने त्यसपछि छ वर्षे कार्यकालका लागि उनी पुनः उम्मेदवार हुन पाउने छन् ।

अधिकारकर्मीहरुले विरोध गरेपनि जनमतसङ्ग्रहले अरब विश्वको सबैभन्दा ठूलो राष्ट्र इजिप्टको राजनीतिमा सैनिक जनरल अल–सिसीको पकड अझ बलियो बनाउनेछ । जनमतसङ्ग्रहले सिसीलाई न्यायपालिकामा नियन्त्रणको बाटो खोलेको छ भने राजनीतिमा सेनाको प्रभाव बढाउनेछ ।

सन् २०११ मा भएको जनविद्रोहले होस्नी मुबारकको शासनसत्ता ढालेपछि गठन भएको मोहमद मोर्सी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी सैनिक जनरल सिसी इजिप्टको राष्ट्रपति भएका थिए ।

सिसीले मोर्सीलाई २०१३ मा सत्ताच्यूत गर्नुभएको थियो । त्यसको अर्को वर्ष उनी इजिप्टको राष्ट्रपति भए । उनी सन् २०१८ को मार्चमा पुनः राष्ट्रपतिमा ९७ प्रतिशतभन्दा बढी मत पाएर निर्वाचित भए ।

विपक्षीहरु र मानव अधिकारवादीहरुले इस्लामिक र धर्मनिरपेक्ष समूहमाथि राष्ट्रपति सिसीले दमन गरेको भन्दै आलोचना गरिरहेका छन् ।

इजिप्टको संसदले अघिल्लो साता राष्ट्रपति अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको थियो ।

राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ । राष्ट्रपति सिसी देशको सैनिक नेतृत्वबाट राजनीतिमा प्रवेश गरेका थिए।

संसदले पारित गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई जनमतसंग्रह मार्फत अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान संवैधानिक व्यवस्था अनुसार सन् २०१८ मा निर्वाचित राष्ट्रपति अल–सिसीको कार्यकाल निर्वाचित भएको मितिबाट छ वर्षमा सकिनेछ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ५ : ५७ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा