मेक्सिकोमा जथाभावी गोली चल्दा १३ जना मारिए « Khabarhub

मेक्सिकोमा जथाभावी गोली चल्दा १३ जना मारिए


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– मेक्सिकोको पूर्वी राज्य भेराक्रुजमा एक भोजमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा एक बालकसहित १३ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार पारिवारिक पुनर्मिलनकार्यक्रमको भोज चलिरहेको समयमा मेलाटिटान शहरमा रहेको एक बारका सञ्चालकलाई खोज्दै आएका बन्दुकधारीको समूहले जथाभावी गोली चलाएका थिए ।

गोली लागेर मारिनेमा पाँच महिला र एक बालक समेत रहेको प्रहरीले जनाएको छ । घटनामा चार जना घाइते भएका छन् ।

पछिल्लो समय भेराक्रुज राज्यमा लागूपदार्थ तस्करी गर्ने संगठित अपराधिक समूहबीच बेलाबेला हिंसात्मक घटना हुने गरेका छन् ।

यद्यपि पछिल्लो आक्रमणमा कुन समूहको हात छ भन्ने स्पष्ट भइनसकेको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ६ : ४१ बजे

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन