आजबाट देशभर अप्टिकल फाइबर बिछ्याइँदै, इन्टरनेट चलाउँदा के पुग्छ फाइदा ? | Khabarhub Khabarhub

आजबाट देशभर अप्टिकल फाइबर बिछ्याइँदै, इन्टरनेट चलाउँदा के पुग्छ फाइदा ?


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यका साथ सोमबार(आज) बाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबल बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पार्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार(आज) दिउँसो १ बजे गर्ने कार्यकम छ ।

सरकारले देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुयाउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्षयका साथ हरेक जिल्लासम्म अप्टिकल विछ्याउने योजना अघि सारेको थियो । सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषअन्तर्गत करिब नौ अर्ब रुपैयाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो ।

के पुग्छ फाइदा ?

अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिन्छ । तामाको तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकोले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने चलन छ ।

देशैभर विस्तार गर्न लागिएको ९६ कोरको अप्टिकल तारमार्फत उच्च गतिको इन्टरनेट स्थानीय तहसम्म उपलव्ध गराउन सकिन्छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ३४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’