हुवावेको मोबाइलमा अब जीमेल र युट्युब नचल्ने ? « Khabarhub

हुवावेको मोबाइलमा अब जीमेल र युट्युब नचल्ने ?


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र चीनबीचको जारी व्यापार युद्धको असर अब मोबाइल बजारमा पनि देखिने भएको छ ।

गुगलले चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेसँगको व्यापारलाई सीमित पार्दै आफ्ना केही सेवाबाट उक्त कम्पनीलाई बञ्चित पार्ने भएको छ ।

हुवावेका फोनहरुमा अब गुगलका केही लोकप्रिय एपहरु उपलब्ध हुने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी पछि गुगगले यस्तो कदम चालेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेलाई कालोसूचीमा राख्ने घोषणा गरेका थिए । साथै अनुमति विना उक्त कम्पनीलाई कुनै पनि प्रविधि नबेच्न अमेरिकी कम्पनीलाई सचेत गराइएको थियो ।

गुगलका प्रवक्ताले अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्दै चिनियाँ मोबाल उत्पादक कम्पनी हुवावेसँगको व्यापार सीमित पार्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

समाचार संस्था रोयटर्सले हुवावेलाई कस्ता सुविधाबाट बञ्चित गर्ने भन्नेबारे गुगल अहिले पनि छलफलकै क्रममा रहेको जनाएको छ ।

हुवावेका स्मार्ट फोनहरु अहिले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छन् । तर, उक्त कम्पनीका फोनहरु आफ्नै स्वामित् भएका प्रोसेसरबाट सञ्चालिन हुँदैछन् । हुवावेका एक वरिष्ठ अधिकारीले अघिल्लो वर्ष कम्पनीले अब आफ्नै अपरेटिङ सिस्टम विकास गर्ने पनि घोषणा गरेका थिए ।

समाचार संस्था रोयटर्सका अनुसार गुगलका प्रवक्ताले हुवावको फोनमा गुगल प्ले स्टोर र सेक्युरिटी प्रोटेक्सन भने उपलब्ध हुने बताएका छन् ।

यद्यपि अब उत्पादन हुने हुवावेका स्मार्टफोनले गुगलको लोकप्रिय उत्पादन जीमेल र युट्युब उपलब्ध नहुने रोयटर्सले लेखेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ११ : ४१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको