हुवावेको मोबाइलमा अब जीमेल र युट्युब नचल्ने ? « Khabarhub

हुवावेको मोबाइलमा अब जीमेल र युट्युब नचल्ने ?


६ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र चीनबीचको जारी व्यापार युद्धको असर अब मोबाइल बजारमा पनि देखिने भएको छ ।

गुगलले चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेसँगको व्यापारलाई सीमित पार्दै आफ्ना केही सेवाबाट उक्त कम्पनीलाई बञ्चित पार्ने भएको छ ।

हुवावेका फोनहरुमा अब गुगलका केही लोकप्रिय एपहरु उपलब्ध हुने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी पछि गुगगले यस्तो कदम चालेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेलाई कालोसूचीमा राख्ने घोषणा गरेका थिए । साथै अनुमति विना उक्त कम्पनीलाई कुनै पनि प्रविधि नबेच्न अमेरिकी कम्पनीलाई सचेत गराइएको थियो ।

गुगलका प्रवक्ताले अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्दै चिनियाँ मोबाल उत्पादक कम्पनी हुवावेसँगको व्यापार सीमित पार्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

समाचार संस्था रोयटर्सले हुवावेलाई कस्ता सुविधाबाट बञ्चित गर्ने भन्नेबारे गुगल अहिले पनि छलफलकै क्रममा रहेको जनाएको छ ।

हुवावेका स्मार्ट फोनहरु अहिले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छन् । तर, उक्त कम्पनीका फोनहरु आफ्नै स्वामित् भएका प्रोसेसरबाट सञ्चालिन हुँदैछन् । हुवावेका एक वरिष्ठ अधिकारीले अघिल्लो वर्ष कम्पनीले अब आफ्नै अपरेटिङ सिस्टम विकास गर्ने पनि घोषणा गरेका थिए ।

समाचार संस्था रोयटर्सका अनुसार गुगलका प्रवक्ताले हुवावको फोनमा गुगल प्ले स्टोर र सेक्युरिटी प्रोटेक्सन भने उपलब्ध हुने बताएका छन् ।

यद्यपि अब उत्पादन हुने हुवावेका स्मार्टफोनले गुगलको लोकप्रिय उत्पादन जीमेल र युट्युब उपलब्ध नहुने रोयटर्सले लेखेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  ११ : ४१ बजे

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा