संसद वैठकको शुन्य समय : नर्सको आन्दोलनदेखि मालपोतका हाकिमविरुद्धको मुद्दाबारे सरकारको ध्यानाकर्षण « Khabarhub

संसद वैठकको शुन्य समय : नर्सको आन्दोलनदेखि मालपोतका हाकिमविरुद्धको मुद्दाबारे सरकारको ध्यानाकर्षण


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदअन्तर्गत सोमबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले सार्वजनिक सरोकारका क्षेत्रगत, विषयगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद अतहर कमाल मुसलमानले भक्तपुरस्थित शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलनबारे सरकारको ध्यानाकर्षण गराए । नर्सहरुको आन्दोलनमा प्रहरी दमन भएको उल्लेख गर्दै सांसद मुसलमानले यस्तो अमानवीय कार्य बन्द गर्न पनि सरकारसँग आग्रह गरे । उनले आन्दोलनरत नर्सहरुको माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अनिल कुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमरेश कुमार झाले तराईंका उखु किसानको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । सर्लाहीका चिनी मिलले उखु किसानलाई अहिलेसम्म पनि भुक्तानी नदिएको भन्दै सिंहले तुरुन्तै उखु किसानको भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

सांसद सांसद एकवाल मियाँले सर्लाहीका उखु किसानले चिनी मिलबाट भुक्तानी नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए । उहाँले बारा जिल्लामा हुरी बतासबाट भत्किएका घरको सर्भेका क्रममा केही घर छुटेको बताउँदै छुटेका घर पनि समावेश गर्न सरकारसँग माग गरे ।

सांसद आशा कुमारी विकले सेती लोकमार्गको उत्तर खण्ड (चैनपुर –ताक्लाकोट) अन्तर्गत बझाङको चैनपुरदेखि रुवातोलासम्मका सडक खण्डको निर्माण कार्य सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद खगराज अधिकारीले कालिगण्डकी डाईभर्सनको अध्ययनबारे सदनलाई स्पष्ट पार्न माग गरे । ‘कालिगण्डकी डाईभर्सनले पवित्र धाम देवघाट, केलादीघाट र सबै धामहरुको के अवस्था हुन्छ ? चापाकोट, रामपुर कुडीटार लगायतका टारहरु र फाँटहरुको सिंचाईमा के अवस्था हुन्छ ?’ अधिकारीले संसदमा भने, ‘९५ प्रतिशतसम्म भाग ओगटेको गण्डकी प्रदेशले कालिगण्डकी डाईभर्सन गर्दा त्यसको सहमति लिनुपर्ने हो कि होइन ? यसबाट लाभान्वित हुने प्रदेश संग पनि यसको सहमति लिनु पर्ने हो कि होइन ?’

सांसद गजेन्द्र बहादुर महतले जुम्लाको गुठीचौर गाउँपालिका भित्रको ३ लाख वर्ग मिटर जग्गा आफ्नो नाममा पास गर्ने तात्कालीन मालपोत कार्यालयका प्रमुख (हाकिम) गोविन्द न्यौपानेले मुद्धा लम्ब्याउन चलखेल भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘जुम्ला जिल्लाको गुठीचौर गाउपालिका भित्रको ३ लाख वर्ग मिटर जग्गा २०६६ सालमा माल कार्यालयको हाकिम गोविन्द न्यौपानेले आफ्नो, परिवार र नातागोताको नाममा दर्ता गरेको विषय २०७२ सालमा थाहा भएको र तात्कालीन सीडियोले सो जग्गा किर्ते भएको भन्दै २०७३ माघ १० गते अख्तियारमा पठाएको भएपनि यतिबेला सम्म सो मुद्धाको सुनुवाई भएको छैन,’ सांसद महतले भने ।

सांसद घनश्याम खतिवडाले बाली लगाउने समयमा किसानलाई मल अभाव भएको र वास्तविक किसानले अनुदान पाउन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : ४१ बजे

बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुनर्स्थापना गरियो (तस्बिरहरू)

काठमाडौं– कुमारी घरबाट चोरी भएका तोरणहरूमध्ये एक तोरण बेलायतको बाराकाट

सुदूरपश्चिमका दुवै ओपनर चम्किँदा शतकीय साझेदारी पूरा, पोखरालाई विकेट लिन सकस

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

पोखराविरुद्ध सुदूरपश्चिमका जोश ब्राउनको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सविरुद्ध

सरकारले सात लाख विद्युतीय राहदानी किन्ने

काठमाडौं– सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान

सिमराको तनाव घटाउन सशस्त्र प्रहरीको तालिम केन्द्रमा वार्ता (तस्बिरहरू)

काठमाडौं– मंगलबार बाराको सिमरामा जेन-जी समूह र नेकपा एमाले निकट