संसद वैठकको शुन्य समय : नर्सको आन्दोलनदेखि मालपोतका हाकिमविरुद्धको मुद्दाबारे सरकारको ध्यानाकर्षण « Khabarhub

संसद वैठकको शुन्य समय : नर्सको आन्दोलनदेखि मालपोतका हाकिमविरुद्धको मुद्दाबारे सरकारको ध्यानाकर्षण


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदअन्तर्गत सोमबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले सार्वजनिक सरोकारका क्षेत्रगत, विषयगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद अतहर कमाल मुसलमानले भक्तपुरस्थित शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलनबारे सरकारको ध्यानाकर्षण गराए । नर्सहरुको आन्दोलनमा प्रहरी दमन भएको उल्लेख गर्दै सांसद मुसलमानले यस्तो अमानवीय कार्य बन्द गर्न पनि सरकारसँग आग्रह गरे । उनले आन्दोलनरत नर्सहरुको माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अनिल कुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमरेश कुमार झाले तराईंका उखु किसानको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । सर्लाहीका चिनी मिलले उखु किसानलाई अहिलेसम्म पनि भुक्तानी नदिएको भन्दै सिंहले तुरुन्तै उखु किसानको भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

सांसद सांसद एकवाल मियाँले सर्लाहीका उखु किसानले चिनी मिलबाट भुक्तानी नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए । उहाँले बारा जिल्लामा हुरी बतासबाट भत्किएका घरको सर्भेका क्रममा केही घर छुटेको बताउँदै छुटेका घर पनि समावेश गर्न सरकारसँग माग गरे ।

सांसद आशा कुमारी विकले सेती लोकमार्गको उत्तर खण्ड (चैनपुर –ताक्लाकोट) अन्तर्गत बझाङको चैनपुरदेखि रुवातोलासम्मका सडक खण्डको निर्माण कार्य सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद खगराज अधिकारीले कालिगण्डकी डाईभर्सनको अध्ययनबारे सदनलाई स्पष्ट पार्न माग गरे । ‘कालिगण्डकी डाईभर्सनले पवित्र धाम देवघाट, केलादीघाट र सबै धामहरुको के अवस्था हुन्छ ? चापाकोट, रामपुर कुडीटार लगायतका टारहरु र फाँटहरुको सिंचाईमा के अवस्था हुन्छ ?’ अधिकारीले संसदमा भने, ‘९५ प्रतिशतसम्म भाग ओगटेको गण्डकी प्रदेशले कालिगण्डकी डाईभर्सन गर्दा त्यसको सहमति लिनुपर्ने हो कि होइन ? यसबाट लाभान्वित हुने प्रदेश संग पनि यसको सहमति लिनु पर्ने हो कि होइन ?’

सांसद गजेन्द्र बहादुर महतले जुम्लाको गुठीचौर गाउँपालिका भित्रको ३ लाख वर्ग मिटर जग्गा आफ्नो नाममा पास गर्ने तात्कालीन मालपोत कार्यालयका प्रमुख (हाकिम) गोविन्द न्यौपानेले मुद्धा लम्ब्याउन चलखेल भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘जुम्ला जिल्लाको गुठीचौर गाउपालिका भित्रको ३ लाख वर्ग मिटर जग्गा २०६६ सालमा माल कार्यालयको हाकिम गोविन्द न्यौपानेले आफ्नो, परिवार र नातागोताको नाममा दर्ता गरेको विषय २०७२ सालमा थाहा भएको र तात्कालीन सीडियोले सो जग्गा किर्ते भएको भन्दै २०७३ माघ १० गते अख्तियारमा पठाएको भएपनि यतिबेला सम्म सो मुद्धाको सुनुवाई भएको छैन,’ सांसद महतले भने ।

सांसद घनश्याम खतिवडाले बाली लगाउने समयमा किसानलाई मल अभाव भएको र वास्तविक किसानले अनुदान पाउन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : ४१ बजे

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो

काठमाडौं- नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका