मोटरसाइकलमा बस्ने दुवै जनाले हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने « Khabarhub

मोटरसाइकलमा बस्ने दुवै जनाले हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले मोटरसाइकलमा यात्रा गर्ने दुवै जनाले हेल्मेट (टोप) लगाउनुपर्ने नियम तत्कालै कार्यान्वयन नहुने जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार मात्रै अब मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने नियम कार्यान्वयन गरिने जनाएको थियो ।

तर, सामाजिक सञ्जालमा उक्त घोषणाको व्यापक विरोध भएपछि ट्राफिक प्रहरी महाशाखाले उक्त नियम तत्काल कार्यान्वयन नहुने जनाएको हो ।

ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० को उपदफा (२) बमोजिम दुईपाङ्ग्रे सवारी (मोटरसाइकल) चलाउँदा चालक तथा सो सवारीमा बस्ने मानिसले पनि हेल्मेट लगाउनुपर्ने नियम कार्यान्वयन गरिने जनाएको थियो ।

तर, सोमबार भने उक्त नियम यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारबावाला निकायबीचको समन्वय र सहकार्यपश्चात मात्रै कार्यान्वयन हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : ०८ बजे

ओलीलाई बिदा गरेर तेस्रो पुस्ता नेतृत्वमा ल्याउन चाहन्छ एमाले

काठमाडौँ – भदौको जेनजी आन्दोलन र फागुन २१ को चुनावबाट

केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग

खुला मञ्च अब सधैँ खुला

काठमाडौँ – केही समय यता बन्द रहेको खुला मञ्च योगा,

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा