विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन् « Khabarhub

विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन्


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font


पाकिस्तान क्रिकेट टोलीमा ३ जना खेलाडी परिवर्तन भएका छन् । सोमबार पत्रकार सम्मेलन गरी पाकिस्तानी क्रिकेट टिम प्रमुख छनोटकर्ता इज्माम उल हकले टोलीमा तीन खेलाडीले स्थान पाएको बताएका छन् ।

पाकिस्तानले बहाब रियाज, मोहम्मद आमिर र आसिफ अलिलाई टोलीमा आवद्ध गर्दा फाहिम अर्शाफ, अबिद अलि र जुनिद खानलाई टिमबाट हटाएको हो । टोलदीमा पर्न सफल आसिफ अलिले सन् २०१७ को नेपालको फ्रेन्चाईज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजबाट खेलेका थिए ।

विश्वकप क्रिकेट अगाडि इङ्ग्ल्यान्डसँग खेलेको पाँच खेलको ओडीआई सिरिज ४–० ले पराजित भएपछि पाकिस्तानले विश्वकपका लागि बनाइएको टोलीमा खेलाडी हेरफेर गरेको हो । केही समय अगाडि भएको अस्ट्रेलियासँगको ५ एकदिवसिय खेलको शृङ्खला पनि पाकिस्तानले ५–० ले गुमाएको थियो । विश्वकपमा सहभागी हुने सदस्य राष्ट्रले मे २३ सम्म टिममा खेलाडी हेरफेर गर्न पाउने प्रावधान रहेको छ ।

पाकिस्तानको १५ सदस्य टोली:

सरफराज अहमद (कप्तान तथा विकेटकीपर), मोहम्मद आमिर, बाबर आजम, वहाब रियाज, फखार जमान, ह्यारिस सोहेल, हसन अली, ईमाद वासिम, इमाम उल हक, आशिफ अली, मोहम्मद हफिज, मोहम्मद हुसेन, सादब खान, शाहिन शाह अफ्रिदी, सोएब मालिक ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : ४२ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र