विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन् « Khabarhub

विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन्


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


पाकिस्तान क्रिकेट टोलीमा ३ जना खेलाडी परिवर्तन भएका छन् । सोमबार पत्रकार सम्मेलन गरी पाकिस्तानी क्रिकेट टिम प्रमुख छनोटकर्ता इज्माम उल हकले टोलीमा तीन खेलाडीले स्थान पाएको बताएका छन् ।

पाकिस्तानले बहाब रियाज, मोहम्मद आमिर र आसिफ अलिलाई टोलीमा आवद्ध गर्दा फाहिम अर्शाफ, अबिद अलि र जुनिद खानलाई टिमबाट हटाएको हो । टोलदीमा पर्न सफल आसिफ अलिले सन् २०१७ को नेपालको फ्रेन्चाईज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजबाट खेलेका थिए ।

विश्वकप क्रिकेट अगाडि इङ्ग्ल्यान्डसँग खेलेको पाँच खेलको ओडीआई सिरिज ४–० ले पराजित भएपछि पाकिस्तानले विश्वकपका लागि बनाइएको टोलीमा खेलाडी हेरफेर गरेको हो । केही समय अगाडि भएको अस्ट्रेलियासँगको ५ एकदिवसिय खेलको शृङ्खला पनि पाकिस्तानले ५–० ले गुमाएको थियो । विश्वकपमा सहभागी हुने सदस्य राष्ट्रले मे २३ सम्म टिममा खेलाडी हेरफेर गर्न पाउने प्रावधान रहेको छ ।

पाकिस्तानको १५ सदस्य टोली:

सरफराज अहमद (कप्तान तथा विकेटकीपर), मोहम्मद आमिर, बाबर आजम, वहाब रियाज, फखार जमान, ह्यारिस सोहेल, हसन अली, ईमाद वासिम, इमाम उल हक, आशिफ अली, मोहम्मद हफिज, मोहम्मद हुसेन, सादब खान, शाहिन शाह अफ्रिदी, सोएब मालिक ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : ४२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु