प्रहरीको इन्काउन्टर श्रृङ्खला, १ वर्षमा ९ जनासँग मुठभेड | Khabarhub Khabarhub

प्रहरीको इन्काउन्टर श्रृङ्खला, १ वर्षमा ९ जनासँग मुठभेड




काठमाडौं– सोमबार विहान । प्रहरीको महानगरीय अपराध महाशाखाको टोली र आधा दर्जनभन्दा बढी डाँका मुद्दाका फरार अभियुक्त काले भनिने विष्णु लामाबीच काठमाडौंको टोखाका ‘जम्काभेट’ भयो । डाँका मुद्दाका फरार अभियुक्त कालेलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो ।

दायाँ खुट्टामा गोली लागि घाइते भएका विष्णुको काठमाडौंको ट्रामा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि गोली चलाउनु परेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको दाबी छ ।

को हुन् काले भनिने विष्णु लामा ?

प्रहरीका अनुसार, सिन्धुपाल्चोक मेलम्ची स्थायी घर भएका लामा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका फरार अभियुक्त हुन् ।

एसएसपी थापका अनुसार उनी ६ वर्ष चोरीडाँका मुद्दामा जेल बसेर २०७२ सालमा छुटेका थिए । तर, जेलबाट छुटेपछि पनि उनी पुनः चोरी तथा डकैतीमा फर्किएका थिए । प्रहरीका अनुसार उनीविरुद्ध अहिले आधा दर्जनभन्दा बढी डाँकासम्बन्धी मुद्दा दर्ता छन् ।

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्द तथा पूर्व नायव महानिरीक्षक (डिआईजी) विश्वराज सिंह शाहीको घरमा लुटपाट गरेको आरोपमा समेत उनीविरुद्ध मुद्दा दायर गरिएको छ ।

कतिपय अवस्थामा प्रहरीको संरक्षणमा हुर्कने यस्ता ‘गुण्डा’हरु पछि भने प्रहरीको गोलीको शिकार बन्नुपरेको अवस्था छ ।

गत १ वर्षको मात्रै तथ्याङ्ग केलाउँदा ९ व्यक्ति प्रहरीको इन्काउन्टरमा परेका छन् । जसमध्ये ४ जनाको प्रहरीको गोली लागेर मृत्यु भयो भने ६ जना घाइते भए ।

यस्तो छ इन्टकाउन्टरको शृङ्खला


– २०७६ जेठ ६ गते, काठमाडौंको टोखाका इन्काउन्टर, डाँका विष्णु तामाङ घाइते
– २०७५ माघ ९ गते, सम्तरीमा इन्काउन्टर, मोस्ट वान्टेड दीपेन्द्र जैसवालको मृत्यु
– २०७५ माघ ८ गते, काठमाडौंको नयाँ वसपार्कमा इन्काउन्टर, अभिलास तामाङ घाइते
– २०७५ माघ ४ गते, सिराहामा इन्काउन्टर, मोस्ट वान्टेड प्रमोद यादव घाइते
– २०७५ पुस २९ गते, रुपन्देहीमा इन्काउन्टर, केदार साहनीको मृत्यु
– २०७५ मंसिर २१ गते, काठमाडौंको रातोपुलमा इन्काउन्टर, कुख्यात डाका राजन लिम्बु घाइते
– २०७५ साउन २१ गते, भक्तपुरको घ्याम्पेडाँडामा प्रहरी इन्काउन्टर, दुईजना अपहरणकारीको मृत्यु
– २०७५ असार ७ गते, काठमाडौंको मुलपानीमा प्रहरी इन्काउन्टरमा परि कुख्यात लुटेरा खुँडे भनिने अमरबहादुर तामाङ घाइते
– २०७५ जेठ २८ गते, काठमाडौंको शंखमुलमा प्रहरी इन्काउन्टरमा परि गुन्डा नाइके अशोक लामा घाइते

अहिले सम्मको उदाहरण हेर्दा प्रहरी इन्काउन्टरमा सामान्य लुटेर, गुन्डा नाइकेदेखि ‘अपहरणकारी’सम्म परेका छन् । कतिपय अवस्थामा गम्भीर अपराधिक कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले ‘इन्काउन्टर’ गर्दा थुप्रै आशंका समेत उब्जिने गरेका सुरक्षाविद्हरुको भनाइ छ ।

प्रहरीले बन्दूककै भरमा अपराध नियन्त्रण गर्न खोज्दा त्यसले प्रभावकारी काम गर्न नसकेको सुरक्षादिद्हरु बताउँछन् । ‘अपराधमा संलग्न व्यक्तिलाई सिधै गोली ठोकिदिएर अपराध नियन्त्रण हुँदैन,’ नेपाल प्रहरीका अवकाशप्राप्त एक अधिकारीले भने, ‘इन्काउन्टरका नाममा अभियुक्तलाई मार्ने घटनाका कारण कतिपय घटनासँगै प्रमाण पनि नस्ट हुन्छ ।’

यतिमात्र होइन अहिलेसम्म प्रहरीले टार्गेटमा परेका गुन्डा नाइकेहरुको पृष्ठभूमी कुनै न कुनै राजनीतिक दलका नेतादेखि कतिपयको त प्रहरीका उच्च अधिकारीसँगै राम्रो सम्बन्ध रहेको पनि देखिएको छ ।

पूर्वडिआइजी हेमन्त मल्लका अनुसार, विगतमा नाम कहलिएका गुन्डाहरु धेरै थिए । तर, अहिले त्यो कम छ । अहिले भित्र–भित्रै ‘गोप्य रुप’मा गुन्डागर्दी भने मौलाइरहेको मल्लको भनाइ छ ।

विशेष गरी निर्माण व्यवसाय र ठेक्कापट्टाको क्षेत्रमा गुण्डागर्दी हुने गर्छ । अहिले पनि ठेक्कापट्टा हत्याउनका लागि ठूलो ठेकेदारहरुले गुण्डाको सहारा लिने गर्छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ६ : २३ बजे

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत