मिडिया काउन्सिल विधेयकमाथि गहन छलफल गर्नैपर्छ- नेता रावल « Khabarhub

मिडिया काउन्सिल विधेयकमाथि गहन छलफल गर्नैपर्छ- नेता रावल


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकका विषयमा गम्भीर छलफलको आवश्यक रहेको बताएका छन् ।

पत्रकार महासंघ लगायत सरोकारवाला पक्षले विधेयकको विरोध जनाइरहँदा नेता रावलले गहन छलफल गर्नुपर्ने बताएका हुन् । उनले विधेयकमा भएको व्यवस्था संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई अतिक्रमण गर्ने जस्तो देखिएको हुँदा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।

विधेयकका कारण प्रेस स्वतन्त्रता र सूचना प्रवाहमा अंकुश लाग्ने अवस्था उत्पन्न हुन नदिन र संचारकर्मीका अधिकार कुण्ठित गर्न नहुनेमा सबै सचेत हुनुपर्ने बताए ।  सरकारले वैशाख अन्तिम साता राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता गरेको थियो ।

विधेयकमा मिडिया काउन्सिलले २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्नसक्ने, सरकारले काउन्सिललाई र काउन्सिलले सञ्चार माध्यमलाई निर्देशन गर्नसक्ने, पदाधिकारीहरूलाई सरकारले जुनसुकै बेला बर्खास्ती गर्न सकिने जस्ता प्रावधान छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मिडिया काउन्सिल विधेयकले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै फिर्ता लिन माग गर्दै आएको छ भने पत्रकार महासंघ चरणवद्ध आन्दोलनमा उत्रिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ६ : ५३ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको