सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको सुविधा मिलाउन माग « Khabarhub

सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको सुविधा मिलाउन माग


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गाैला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ ।

डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो । हाल मन्त्रालयले मिर्गाैला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु चार हजार, प्रत्यारोपणका लागि रु चार लाख, प्रत्यारोपण पश्चात औषधि सेवानका लागि रु एक लाख प्रदान गर्ने गर्दछ ।

सातवटै प्रदेशमा गरी हाल चार हजार ५०० बिरामीले मिर्गाैला उपचार सेवा लिइराखेको मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सो जानकारी दिँदै मिर्गाैला रोगको उपचार सेवाका लागि आर्थिक अभाव रहेको बताउनुभयो । उहाँले मिर्गाैला रोगका बारेमा जनचेतना जगाउन मन्त्रालयले ध्यान दिएको छ भन्नुभयो ।

बैठकमा समितिका सदस्य खगराज अधिकारीले सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । समितिका सदस्य मानबहादुर विश्वकर्माले मिर्गाैला रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने बारेमा समुदायलाई सूचना तथा जानकारी हुने कार्यक्रम मन्त्रालयले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य उमेश श्रेष्ठले मिर्गाैलाका रोगी बढ्ने तर रोग रोकथामका लागि बजेट घट्ने प्रवृत्तिलाई अन्त्य गर्न सुझाव दिनुभयो । समितिका सदस्य दिलबहादुर महतले सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको व्यवस्था मिलाउन ध्यान दिन माग गर्नुभयो ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ४ : ५४ बजे

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर