त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच ! « Khabarhub

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच !


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ। गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको नयाँ पत्रिकामा खबर छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो। पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेसाले अधिवक्ता हुन्।

आफूलाई ‘गोल्ड मेडलिस्ट’ बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक ‘डिल’ गरेका थिए। परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा चलखेल गर्ने कर्मचारी कर्माचार्यसहित दुईजनालाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। तर, विस्तृत विवरण आफूलाई जानकारी नभएको उनको भनाइ छ। स्रोतका अनुसार गोल्ड मेडल पाउने गरी उच्च अंक थप्न करिब पाँच लाख रुपैयाँ लेनदेन भएको छ। पनिकाका अन्य कर्मचारीमाथि समेत अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले जनायो।

‘फेल भएकालाई पास गराउने र कम अंक ल्याएका विद्यार्थीलाई अंक थप्ने गतिविधि बढेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ अख्तियारका उच्च अधिकारीले भने, ‘यसमा विद्यार्थी नेतादेखि धेरै ठूलो गिरोह सक्रिय छ भन्ने सूचना छ। एक कर्मचारीबाट मात्र अंक हेरफेर गर्ने सम्भावना देखिँदैन।’ कर्माचार्यलाई अख्तियारले गत साता नै पक्राउ गरेको थियो भने कोइराला बुधबार पक्राउ परेका हुन्। कर्माचार्य पक्राउ परेलगत्तै कोइराला फरार भएका थिए।

आफूले सजिलै नम्बर हेरफेर गरिदिन सक्ने भन्दै आश्वस्त बनाएर कर्माचार्यले पैसाको डिल गरेका थिए। कर्माचार्यले विगतमा पनि त्यसरी धेरैलाई गोल्ड मेडलिस्ट बनाइदिसकेको दाबी कोइरालासँग गरेका थिए। पनिकाका सबै कर्मचारीसँग आफूले सेटिङ मिलाइदिने भन्दै उनले डिलिङ गरेको अख्तियारले जनाएको छ। उनीहरूबीच डिलिङको सूचना पाएपछि अख्तियार टोलीले पिछा गरेको थियो।

अधिवक्ता कोइरालाले चार विषयमा स्नातकोत्तर गरिसकेका छन्। आर्थिक चलखेलकै आधारमा उनले कतिपय डिग्री लिएको हुन सक्ने आशंका अख्तियार अधिकारीहरूको छ।

अख्तियारको प्रारम्भिक छानबिनअनुसार बिचौलियामार्फत त्रिविका कर्मचारीले फेल भएकालाई पास गराउने र कम नम्बर ल्याएकालाई उच्च नम्बर दिलाउने गर्छन्। एउटा विषय उत्तीर्ण गर्न नै न्यूनतम ५० हजार रुपैयाँ लिने गरेको देखिएको अख्तियारका एक अधिकारीले बताए।

बिचौलियाको काम गर्नेमा धेरैजसो विद्यार्थी नेता नै छन्। ‘गोप्य शाखामा आफूअनुकूलका कर्मचारीसमेत सरुवा गरेर यस्तो धन्दा गर्दै आएको देखियो,’ अख्तियार अधिकारी भन्छन्, ‘त्यो गिरोहमाथि नै हामीले अनुसन्धान थालेका छौँ।’ त्रिविमा धेरै विद्यार्थी नेताले आफन्तलाई कर्मचारी नियुक्त गरेका छन्। उनीहरूमार्फत नै यस्तो धन्दा चल्ने गरेको छ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ६ : ४१ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन