उत्तर कोरियामा १४ वर्षपछि चिनियाँ नेताको राजकीय भ्रमण, सी र किमबीच आजै भेटवार्ता | Khabarhub Khabarhub

उत्तर कोरियामा १४ वर्षपछि चिनियाँ नेताको राजकीय भ्रमण, सी र किमबीच आजै भेटवार्ता


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका पुगेका छन् ।

सन् २००५ पछि चिनियाँ राष्ट्रपति उत्तर पुगेको यो पहिलो पटक हो ।  सीले आजै उत्तर कोरियाका शासक किम जोन उनसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सी र किमबीच चीनमा भने चार पटक भेटवार्ता भइसकेको छ । आज हुने भेटमा उत्तर कोरियाको आणविक कार्यक्रम र आर्थिक विषयमा छलफल हुने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

चीन उत्तरका लागि निकै महत्वपूर्ण सहयोगी र मुख्य व्यापार पार्टरन पनि हो ।

चिनियाँ राष्ट्रपति जापानमा एक हप्तापछि सुरु हुने जी २० को समिट भन्दा अघि उत्तरको भ्रमणमा पुगेका हुन् । सीले जापानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि भेट्नेछन् ।

चिनियाँ राष्ट्रपति सीको दुई दिने उत्तर कोरिया भ्रमण चिनियाँ नेताले गरेको १४ वर्षपछिको भ्रमण हो भने सीले २०१२ मा सत्ता नेतृत्व सम्हालेपछिको पहिलो ।

दुई नेताले उत्तरको परमाणु, नाकाबन्दीका विषयमा छलफल र यही फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा ट्रम्प र किमबीच भएको कुराकानीका बारेमा छलफल गर्ने अनुमान गरिएको छ ।

विश्लेषकहरुका अनुसार सीले उक्त हनोई समिटमा के भएको थियो भन्ने किम बाट जान्न चाहने र समस्या समाधानको लागि जापानमा ट्रम्पसँग पहल गर्ने अनुमान गरिएको छ ।

यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किमबीच छलफलको वातावरण बनाउन सीले भूमिका खेलेका थिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : १४ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको