‘म यस्तो गीत गाउँछु २’ को तयारीमा सुदर्शन थापा ? « Khabarhub

‘म यस्तो गीत गाउँछु २’ को तयारीमा सुदर्शन थापा ?


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा फिल्मको सिक्वेल निर्माण गर्ने क्रम बढ्दो छ । उही नाम सापटी लिएर फरक कथामा फिल्म बनाउने क्रम पछिल्लो समय घटेको छैन, बरु बढेको छ । जेठमा प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’ लाई पनि वीर विक्रम को सिक्वेलका रुपमा बनाइएको भनिएको थियो । तर, ‘वीर विक्रम २’ चलेन । त्यसो त ‘वीर विक्रम’ पनि आफैमा सफल चलचित्र होइन ।

फ्लप फिल्मको सिक्वेल बनाउने चलन नेपालका लागि अब नौलो भएन । यता निर्देशक सुदर्शन थापाले फिल्म ‘म यस्तो गाउँछु २’ बनाउने घोषणा २ वर्षअघि नै गरेका थिए । यद्यपि फिल्म अहिलेसम्म बनेको छैन । पल शाह र पूजा शर्माको जोडी रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ पनि बक्स अफिसमा औसत व्यापार गर्ने फिल्म बनेको थियो ।

चलचित्र ‘म यस्तो गीत गाउँछु’ को एक दृश्यमा पल शाह र पूजा शर्मा ।

‘म यस्तो गीत गाउँछु २’ बनाउँछु भनेर घोषणा गरे पनि पछि सुदर्शन थापाले ‘रामकहानी’ निर्देशन गरेका थिए, जुन फिल्म गतवर्ष रिलिज भएको थियो । त्यसपछि फेरि उनी फिल्म ‘सम्हालिन्छ कहिले मन’ को निर्माणमा जुटे ।

यतिबेला भने निर्देशक सुदर्शन थापा पुन: ‘म यस्तो गीत गाउँछु २’ को तयारीमा जुटेका छन् । निकट स्रोतका अनुसार उनी अब ‘सम्हालिन्छ कहिले मन’ पछि उनी यही फिल्म बनाउने मनशायमा छन् । तर फिल्मा पल शाह फेरि दोहोरिने भन्नेमा अहिले नै पक्का भन्न सकिने अवस्था छैन । पूजा शर्मा भने नायिकाका रुपमा रहने उच्च सम्भावना छ ।

पल शाहलाई ‘म यस्तो गीत गाउँछु’ ले केही हदसम्म क्रेडिट दिएको थियो । पछिल्लो समय उनी अभिनित फिल्म खासै सफल बन्न सकेका छैनन् । यदि ‘म यस्तो गीत गाउँछु २’ मा पल नै भित्रिए भने निर्माण टिम र पल दुवैलाई फाइदा पुग्ने कतिपयले आँकलन गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १२ : ३२ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले