थोरङला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए « Khabarhub

थोरङला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– चालु वर्षको पहिलो चार महिनामा थोरङला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै उक्त सङ्ख्या मुस्ताङ पुगेको हो । मुस्ताङ हिमालपारिको सानो र मनोरम जिल्ला हो ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु वर्षको साउनदेखि कात्तिक महिनासम्म स्वदेशी पर्यटक दुई हजार ८४१ र विदेशी पर्यटक पाँच हजार २२३ जना थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिएको जनाएको छ । 
 
राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आन्तरिक तथा बाह्य पर्यटक लमजुङको बेँसीसहरबाट मनाङ हुँदै समुन्द्री सतहको पाँच हजार ४१६ मिटर उचाइको साहसिक पदमार्ग थोरङ्ला पास गरी मुस्ताङको मुक्तिनाथ आइपुग्छन् । 

यो पदमार्गमा बर्सेनि दुई ‘सिजन’ करिब पाँच महिना मात्र स्वदेशी तथा विदेशी पर्यटकले पदयात्रा गर्ने गर्छन् । जिल्ला प्रहरी कार्यालयले प्रविष्ट गरेको पर्यटकीय विवरणअनुसार चालु वर्षको पहिलो चार महिनामा स्वदेशीतर्फ पुरुष दुई हजार ८०८ र महिला ३३ जनाले मनाङ—मुस्ताङ थोरङ्ला पास गरी मुस्ताङ भित्रिएका हुन् । 

यसैगरी, विदेशी पर्यटकतर्फ पुरुष तीन हजार ५७ र महिला दुई हजार १६६ जनाले राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास गरी मुस्ताङ भित्रिएका हुन् ।

बस्यालका अनुसार चालु वर्षको साउनमा १३३, भदौमा ३९९, असोजमा एक हजार ३६८ र कात्तिक महिनामा ६ हजार १६४ जनाले थोरङला पास पदयात्रा गरी मुस्ताङ भित्रिएको बताए। 
  
चालु वर्षको कात्तिक महिनामा मौसम अनुकूल रहेकाले पहिलो चार महिनाको अनुपातमा सबैभन्दा बढी पर्यटकले थोरङ्ला पास पदयात्रा गरी मुस्ताङ प्रवेश गरेका हुन् ।  

चालु वर्षको असोज ११ गते थोरङला पास क्षेत्रमा भारी हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा अपेक्षा गरिएभन्दा निकै कम पर्यटक मुस्ताङ प्रवेश गरेका थिए ।  

मनाङ-मुस्ताङ थोरङ्ला पास पदमार्ग साहसिक पदमार्ग भएकाले विदेशी पर्यटकहरू जोखिमपूर्ण पदयात्रा गर्दै मुस्ताङ भित्रिने गर्छन् । गत असोज ११ गतेको भारी हिमपातले थोरङ्लापास पदमार्ग दुई साता बढी अवरुद्ध हुन पुगेको थियो । 

थोरङलापास पदमार्ग गर्ने अनुकूल समयमा बेमौसमे हिमपात हुँदा मनाङबाट मुस्ताङ आउने पर्यटकको आवागमन रोकिने पुगेको थियो । मनाङबाट मुस्ताङ आउने अवरुद्ध थोरङला पास पदमार्ग सहज गराउन मुस्ताङ र मनाङका पर्यटन व्यवसाय , सुरक्षाकर्मी र सरोकारवालाले हिउँ पन्छाएर पदमार्ग सहज पारेका थिए । 

राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै थोरङला पास गरी मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकले विश्वकै उच्च हिमाली पदमार्गको अन्नपूर्ण हिमाल र आसपासका हिमशङ्खला अवलोकन गर्ने गर्छन् । 

यो पदमार्गमा  हिउँदयाम अघि सेप्टेम्बर, अक्टुबर र नोभेम्बरसम्म  थोरङ्ला पासा गर्ने पर्यटकको चहलपहल हुने गर्छ । यसैगरी, हिउँदयामपछि अप्रिल, मे र जुनसम्म विदेशी पर्यटकहरू थोरङला पास गरी मुस्ताङ निस्कन्छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ३ : ०५ बजे

थोरङला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ– चालु वर्षको पहिलो चार महिनामा थोरङला पास हुँदै आठ

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

बाजुरा– हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल

मैदानमा दीपेन्द्र र रबिको लडाइँ, कसको शक्ति कति ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि

रास्वपाभित्रको विवादले मुलुकमा अस्थिरता बढाएको छ : वर्षमान पुन 

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी

धान भित्र्याएपछि आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (तस्बिरहरू)

काठमाडौं– स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, लाम्पाटाका किसान धान भित्र्याएपछि खेतमा आलु