उपचारका लागि अस्पताल पुग्ने बिरामी र कुरुवालाई रोग सङ्क्रमणको खतरा ! « Khabarhub

उपचारका लागि अस्पताल पुग्ने बिरामी र कुरुवालाई रोग सङ्क्रमणको खतरा !


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको १५० श्ययाको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ ।

अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत छरपष्ट फालिएका फोहरका कारण रोगको सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

तराई मानव अधिकार रक्षक सञ्जाल ‘थर्ड एलायन्स’ को पहलमा विज्ञको टोलीले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन वैज्ञानिक र व्यवस्थित नभएको निष्कर्ष निकालेको छ । अस्पतालले कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको, फोहर राख्ने भाडामा चिह्न नलेखिएको, कुन फोहर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत नरहेको पाइएको संस्थाका उपप्रादेशिक कार्यालय नेपालगञ्जका प्रमुख आलम खानले बताए ।

अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पर्ने निष्कर्ष अध्ययनले निकालेको छ । यस सम्बन्धमा सो अस्पतालका प्रमुख डा रुपानन्द अधिकारीसँग सम्पर्क राख्दा उनलेले नेपालगञ्ज उपमहानगरपालिकाले फोहर लिन नमानेपछि समस्या आएको गुनासो गरे ।

फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम अस्पतालजन्य फोहर अन्य फोहरसँग मिसाउन पाइँदैन । त्यसका लागि सबै अस्पतालमा फोहर प्रशोधन प्लान्ट हुनु आवश्यक छ तर, नेपालगञ्जका कुनै पनि अस्पतालले प्लान्टको व्यवस्था गरेका छैनन् ।

नेपालगञ्जमा करीब ३० टन फोहर भण्डारण गर्न सक्ने डम्पिङसाइट भए पनि अस्पतालको फोहर नेपालगञ्ज उपमहानगरपालिकाले उठाएको छैन ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १२ : ३४ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने