विप्लव समूहले फायर खोल्दा प्रहरीले प्रतिफायर गरेको हो– प्रहरी प्रवक्ता « Khabarhub

विप्लव समूहले फायर खोल्दा प्रहरीले प्रतिफायर गरेको हो– प्रहरी प्रवक्ता


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहानमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्जको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले दोहोरो भीडन्तमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको खबरहबलाई जानकारी दिए ।

बिहीबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका- १ लखनदेवी खोला नजिक प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको प्रवक्ता पोखरेलले बताए ।

विप्लव कार्यकर्ताको पिछा गरिरहेको प्रहरीमाथि विप्लव समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको पोखरेलको भनाइ छ ।

‘विप्लव कार्यकर्तालाई पिछा गरिरहेको प्रहरीमाथि दुईवटा मोटरसाइकलमा रहेका उनीहरुले गोली हान्दै जंगल तर्फ भाग्न खोजेका थिए’ प्रवक्ता पोखरेलले भने,‘विप्लव समूहले फायर खोलेपछि प्रहरीले प्रतिफायर गरेको हो ।’

दोहोरो गोली हानाहानका क्रममा पौडेलको घटना स्थलमै मृत्यु भएको र अन्य तीन जना भने दुईवटा मोटरसाइकल छोडेर जंगलतर्फ भागेको उनको भनाइ छ । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको उनले बताए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ४ : ०१ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार