पारमाणविक भट्टी सञ्चालन अनुमति निजी क्षेत्रलाई दिन नहुनेमा सांसदहरुको जोड « Khabarhub

पारमाणविक भट्टी सञ्चालन अनुमति निजी क्षेत्रलाई दिन नहुनेमा सांसदहरुको जोड


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अति संवेदनशील मानिने पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी निर्माण वा सञ्चालनको अनुमतिमा सचेत नभए त्यसबाट उत्पन्न हुने परिणाम जोखिमपूर्ण हुने देखिएको छ ।

पारमाणिक क्षेत्रमा नेपाल कमजोर मुलुक भएकाले शक्ति केन्द्रले नाजायज फाइदा उठाउनेतर्फ ध्यान नदिइए गम्भीर खतरा उत्पन्न हुने बहस संसद्मा पुगेको छ ।

मुलुकमै पहिलो पटक ल्याइएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २०७५, का व्यवस्थामा सांसद्हरु घोत्लिन थालेका हुन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन सो विधेयकमा संशोधन हाल्ने अधिकांश सांसदहरु पारमाणविक तथा रेडियोधर्मी पदार्थको उत्पादनमा निजी क्षेत्रलाई सञ्चालनको अनुमति नदिएर यसलाई राज्यको पूर्ण स्वामित्वमा ल्याउनुपर्ने पक्षमा देखिएका छन् ।

विधेयकमाथि १७ सांसदले संशोधन हालेका छन् ।

विधेयकको दफा ६ मा प्राविधिक र व्यावसायिक क्षमता भएका कुनै पनि व्यक्ति वा संस्थाले पारमाणविक पदार्थ तथा रेडियोधर्मी पदार्थ र संयन्त्रसम्बन्धी क्रियाकलाप वा अभ्यास, सञ्चालन गर्न इजाजत लिनसक्ने उल्लेख छ ।

विधेयकको दफा २७ मा कुनै पनि व्यक्ति वा संस्थाले पारमाणविक अनुसन्धान भट्टी निर्माण वा सञ्चालन गर्न वा तत्सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न सक्ने उल्लेख छ । तर निजी क्षेत्रलाई अनुमति दिने वा नदिने भन्नेमा भने कुरा गम्भीर छलफलको विषय बनेको छ ।

सांसद्हरुको रायपछि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि निजी क्षेत्रलाई खुला गर्न नहुने पक्षमा देखिए । “प्राइभेटलाई नदिउँ भन्ने विषयमा म सकारात्मक छु, तर विज्ञान र प्रविधिको उत्पादनसँग जोडिएकाले प्रभावकारी हस्तक्षेप गर्न भने जरुरी छ”, मन्त्री पोखरेलले भने ।

सांसद योगेश भट्टराई संसद्मा पहिलो पटक आएको, गम्भीर प्रकृतिको भएको र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउने खालको भएकाले भविष्यको असरप्रति ध्यान दिएर विधेयक ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ४ : ३८ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड