देउवाप्रति योगेशको कटाक्ष– रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो | Khabarhub Khabarhub

देउवाप्रति योगेशको कटाक्ष– रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले विपक्षी दलले संविधान र कानुनको उलंघन गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुदै उनले प्रजातन्त्रवादीको श्रीपेच लगाईदिएको पार्टीले संविधान नियम, कानुन नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको आरोप लगाए ।

प्रधानमन्त्रीले बोल्न खोजेको बेला समय नपाउनु भनेको संसदीय इतिहास र परम्परा विपरित भएको उनको भनाइ थियो । उनले आफुलाई प्रजातन्त्रवादीको श्रीपेच लगाएर मात्रै नहुने भन्दै प्रतिनिधिसमा नियमावलिको दफा १२ मा दैनिक कार्यसुचीको बारेमा उल्लेख भएको र त्यसलाई संसदमा रहेका सबैले मान्नुपर्ने बताए ।

उनले भने“सभामुखका आदेश मान्दैनौ ? नियम मान्दैनौ । कानुन मान्दैनौ । संविधान मान्दैनौ । किन कि दुनियाले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ । संविधान नमानेपनि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाईएकै छ । त्यसकारणले संविधान मान्दैनौ । कानुन मान्दैनौ । कानुन र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ । ”

भट्टराईले भने “मलाई त लागेको थियो, नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो, त्यसमा आत्मालोचन गर्ला भनेको त भोलिपल्ट आएर झन रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो ढंगले पो यहाँ प्रस्तुत हुन थाल्नुभयो । ”

उनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समय बेलायतमा पढेपनि त्यहाँको संसदीय अभ्यासलाई भने नबुझेको टिप्पणी गरे । उनले भने “विश्वविद्यालयतिर धेरै जानुपर्ने भएकाले होला बेलायतको संसदतिर भने जान उहाँलाई फुर्सद भएनछ । त्यसकारण बेलायतको अभ्यास के थियो ? दुनियाँको संसदीय अभ्यास के थियो भन्ने सायद कम जानकारी भयो होला । ”

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ४ : ४८ बजे

मिथ्या र भ्रामक सामग्रीलाई समाचारका रूपमा पस्कनु हुँदैन : अध्यक्ष बस्नेत

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र

सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी

गण्डकी – दुई दिनसम्म पोखरामा चलेको सार्वजनिक तथा सामुदायिक पुस्तकालयको

जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो

फ्र्याङ्कफर्ट – भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ

नेपालमा ब्रिटिस लगानीका लागि अनुरोध

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

केन्द्र र मधेश सरकारमा लोसपा तत्काल सहभागी नहुने

काठमाडौं- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल केन्द्र