नेपाली बन्यो अमेरिकाको नेब्रास्का राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा | Khabarhub Khabarhub

नेपाली बन्यो अमेरिकाको नेब्रास्का राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको नेब्रास्का राज्यमा नेपाली भाषा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा रहेको सार्वजनिक भएको छ ।

अमेरिकी समाचार संस्था बिजनेश इन्साइडरले हालै सार्वजनिक गरेको एक समाचार अनुसार अमेरिकाको नेब्रास्का राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि नेपाली भाषा सबैभन्दा धेरै बोलिन्छ ।

सन् २०१७ को अमेरिकी कम्युनिटी सर्भेको तथ्याङ्क अनुसार सार्वजनिक गरिएको नक्शामा नेब्रास्का राज्यमा नेपाली भाषा अङ्ग्रेजी र स्पेनिस पछि सबैभन्दा धेरै बोलिन्छ । कम्युनिटी सर्भेले १० लाख अमेरिकीसँग गरेको सर्वेक्षणका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ ।

त्यसबाहेक अङ्ग्रेजी र स्पेनी भाषाबाहेक सबैभन्दा धेरै बोलिने तेश्रो भाषा जर्मन रहेको उल्लेख छ । अमेरिकाका ९ राज्यमा जर्मन भाषा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा रहेको जनाइएको छ ।

त्यस्तै, फ्रेन्च भाषा अमेरिकाका ६ राज्य तथा राजधानी वाशिंटन डीसीमा अङ्ग्रेजी र स्पेनीपछि सबैभन्दा धेरै बोलिन्छ । भियतनामी भाषा भने अमेरिकाका ६ राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिन्छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ५ : २२ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ