नेपाली बन्यो अमेरिकाको नेब्रास्का राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा « Khabarhub

नेपाली बन्यो अमेरिकाको नेब्रास्का राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको नेब्रास्का राज्यमा नेपाली भाषा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा रहेको सार्वजनिक भएको छ ।

अमेरिकी समाचार संस्था बिजनेश इन्साइडरले हालै सार्वजनिक गरेको एक समाचार अनुसार अमेरिकाको नेब्रास्का राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि नेपाली भाषा सबैभन्दा धेरै बोलिन्छ ।

सन् २०१७ को अमेरिकी कम्युनिटी सर्भेको तथ्याङ्क अनुसार सार्वजनिक गरिएको नक्शामा नेब्रास्का राज्यमा नेपाली भाषा अङ्ग्रेजी र स्पेनिस पछि सबैभन्दा धेरै बोलिन्छ । कम्युनिटी सर्भेले १० लाख अमेरिकीसँग गरेको सर्वेक्षणका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ ।

त्यसबाहेक अङ्ग्रेजी र स्पेनी भाषाबाहेक सबैभन्दा धेरै बोलिने तेश्रो भाषा जर्मन रहेको उल्लेख छ । अमेरिकाका ९ राज्यमा जर्मन भाषा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिने भाषा रहेको जनाइएको छ ।

त्यस्तै, फ्रेन्च भाषा अमेरिकाका ६ राज्य तथा राजधानी वाशिंटन डीसीमा अङ्ग्रेजी र स्पेनीपछि सबैभन्दा धेरै बोलिन्छ । भियतनामी भाषा भने अमेरिकाका ६ राज्यमा अङ्ग्रेजी र स्पेनिसपछि सबैभन्दा धेरै बोलिन्छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ५ : २२ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल