लमजुङ– लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका–८ शेराकुनास्थित एक घरमा भएको आगलागीबाट १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट एउटा घर जलेर नष्ट भएको हो । आगलागीबाट बेसीशहर नगरपालिका ८ का नारायणबहादुर सूर्यालको जस्ताले छाएको दुई तले कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । बिहीबार दिउँसो आगलागी भएपछि प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।
‘आगलागीबाट माथिल्लो तलाका सबै लत्ताकपडाका साथै फर्निचरका सामानमा समेत क्षति पुगेको छ,’ प्रहरी निरीक्षक पाण्डेले भने । आगलागी पीडित परिवारवारलाई लमजुङ उद्योग वाणिज्य संघले राहतका साथै बस्ने व्यवस्था समेत मिलाएको छ ।
प्रतिक्रिया