मेहन्दी लगाउनुभयो ? छैन भने घरमै यसरी बनाउनुहोस् « Khabarhub

मेहन्दी लगाउनुभयो ? छैन भने घरमै यसरी बनाउनुहोस्


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउन महिना मेहेन्दीको महिना हो । हरियो पहेलो पहिरनका साथ श्रृंगारको रुपमा हरियो पहेलो चुरा पोतेका साथमा मेहन्दीको पनि विशेष प्रयोग साउन महिनामा हुने गरेको छ ।

केही वर्षपहिला विशेषगरि भारत र नेपालको तराई क्षेत्रमा मात्र मेहन्दीको प्रयोग हुने गरेको भएपनि अहिले देशभर यसको प्रयोगले व्यापकता पाएको छ ।

साउन लागेसँगै सडक पेटीदेखि मेहन्दी लगाउने युवती र लगाइदिने डिजाइनरसम्ममको भीड देख्न सकिन्छ । मेहन्दी नलगाएका युवतीको हात नै देखिँदैन भन्दा पनि हुन्छ साउनमा ।

किन लगाउने मेहन्दी ?

साउनमा हरियो पहिरनको महत्व प्रकृतिसँग जोडिएको हुन्छ । प्रकृति प्रेमी भगवान शिवलाई खुसी पार्न र आयु आरोग्यको लागि साउनमा हरियो पहिरनका साथ हरियो पहेलो चुरा पोते लागाउने गरिन्छ भने मेहन्दीको प्रयोग किन गरिन्छ त ? धर्मशास्त्र र फेसनसँग यसको के सम्बन्ध छ भन्ने थाहा पाउनु जरुरी हुन्छ ।

महिलाको श्रृंगारको चर्चा धर्मशास्त्रहरुमा पनि गरिएको छ । नारीका सोह्र श्रृंगारबारे उल्लेख गरिएको पाइन्छ जसमा मेहन्दीको पनि उल्लेख गरिएको छ ।

मेहन्दीलाई शुभ कामको प्रतिकको रुपमा पनि लिने गरिएको छ ।

मेहन्दीलाई जीवनका साथ परिवारमा प्रेम र स्नेहको प्रतिकको रुपमा लिने संस्कृति रहेको छ ।

कतिपयले हातमा वा खुट्टामा लगाइएको मेहन्दीको रंगको अवस्थाले प्रेमी प्रेमिका वा पतिपत्नीबीचको सम्बन्धलाई दर्शाउने बताउने पनि गरेका छन् ।

त्यस्तै असारमहिनामा खेतबारीको काम सकिएसँगै फुर्सदको समय हुने र त्यस समयमा शरीरलाई राम्रो र आकर्षक राख्नका लागि मेहन्दीको प्रयोग गर्न थालिएको हो ।

अहिले मेहन्दीका विभिन्न डिजाइनहरु प्रचलनमा रहेको पाइन्छ । यस्ता डिजाइनहरुको तस्वीरसहित मेहन्दी लगाउनेहरु विभिन्न स्थानमा भेटिने गरेका छन् ।

खासगरि अहिले अरविक र व्राइडल डिजाइन वढी चल्तीमा छ । पछिल्लो समय गोल्डेन अरविक, लेटेस्ट अरविक, सुपर्व हिना युवतीहरुले रुचाएको पाइन्छ । भारतमा विशेषगरि कर्माचौथ, विवाह, श्रावण लगायतमा फरक फरक डिजाइनका मेहन्दीको प्रयोग गर्ने गरिएको पाइन्छ ।

कसरी बनाउने मेहन्दी ?

मेहन्दी घरमै पनि बनाउन सकिन्छ । मेहन्दीका लागि मेहन्दीको एक रुखका पातलाई पिसेर पनि यसलाई बनाउन सकिन्छ । तिउरीमा फर्सिको फूल, सिमीको पाता मिसाएर मेहन्दी घरमै पनि बनाउने गरिन्छ ।

तर यो झन्झटिलो हुने भएकाले आजभोलि युवतीहरुले तयारी अवस्थामा कोनमा पाइने मेहन्दीको बढी प्रयोग गर्ने गरेका छन् । मेहन्दीलाई गाढा लाग्ने बनाउन विभिन्न केमिकलको प्रयोग हुने भएका करण यस्तो मेहन्दीको सट्टा घरमै बनाइएको मेहन्दीको प्रयोग राम्रो हुन्छ ।

यसरी तयार पार्नुहोस्

–मेहन्दीको धूलोलाई मलमलको कपडाले दुई तीन पटकसम्म चाल्ने

–चियापत्तीको पानीमा मेहन्दीलाई करिब पाँच घन्टाजति भिजाउने ।

मेहन्दीको तेल केही थोपा मिसाउने । यसो गर्दा मेहन्दी गाढा बस्छ ।

त्यसपछि तयार भएको मेहन्दीलाई लगाउन मिल्ने गरि तयार गरिएको प्लास्टिकको कोनमा भर्ने र आफूले चाहेको आकृति अनुसार हात वा शरीरका विभिन्न भागमा भर्ने ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ६ : ५८ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित