मेहन्दी लगाउनुभयो ? छैन भने घरमै यसरी बनाउनुहोस् « Khabarhub

मेहन्दी लगाउनुभयो ? छैन भने घरमै यसरी बनाउनुहोस्


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउन महिना मेहेन्दीको महिना हो । हरियो पहेलो पहिरनका साथ श्रृंगारको रुपमा हरियो पहेलो चुरा पोतेका साथमा मेहन्दीको पनि विशेष प्रयोग साउन महिनामा हुने गरेको छ ।

केही वर्षपहिला विशेषगरि भारत र नेपालको तराई क्षेत्रमा मात्र मेहन्दीको प्रयोग हुने गरेको भएपनि अहिले देशभर यसको प्रयोगले व्यापकता पाएको छ ।

साउन लागेसँगै सडक पेटीदेखि मेहन्दी लगाउने युवती र लगाइदिने डिजाइनरसम्ममको भीड देख्न सकिन्छ । मेहन्दी नलगाएका युवतीको हात नै देखिँदैन भन्दा पनि हुन्छ साउनमा ।

किन लगाउने मेहन्दी ?

साउनमा हरियो पहिरनको महत्व प्रकृतिसँग जोडिएको हुन्छ । प्रकृति प्रेमी भगवान शिवलाई खुसी पार्न र आयु आरोग्यको लागि साउनमा हरियो पहिरनका साथ हरियो पहेलो चुरा पोते लागाउने गरिन्छ भने मेहन्दीको प्रयोग किन गरिन्छ त ? धर्मशास्त्र र फेसनसँग यसको के सम्बन्ध छ भन्ने थाहा पाउनु जरुरी हुन्छ ।

महिलाको श्रृंगारको चर्चा धर्मशास्त्रहरुमा पनि गरिएको छ । नारीका सोह्र श्रृंगारबारे उल्लेख गरिएको पाइन्छ जसमा मेहन्दीको पनि उल्लेख गरिएको छ ।

मेहन्दीलाई शुभ कामको प्रतिकको रुपमा पनि लिने गरिएको छ ।

मेहन्दीलाई जीवनका साथ परिवारमा प्रेम र स्नेहको प्रतिकको रुपमा लिने संस्कृति रहेको छ ।

कतिपयले हातमा वा खुट्टामा लगाइएको मेहन्दीको रंगको अवस्थाले प्रेमी प्रेमिका वा पतिपत्नीबीचको सम्बन्धलाई दर्शाउने बताउने पनि गरेका छन् ।

त्यस्तै असारमहिनामा खेतबारीको काम सकिएसँगै फुर्सदको समय हुने र त्यस समयमा शरीरलाई राम्रो र आकर्षक राख्नका लागि मेहन्दीको प्रयोग गर्न थालिएको हो ।

अहिले मेहन्दीका विभिन्न डिजाइनहरु प्रचलनमा रहेको पाइन्छ । यस्ता डिजाइनहरुको तस्वीरसहित मेहन्दी लगाउनेहरु विभिन्न स्थानमा भेटिने गरेका छन् ।

खासगरि अहिले अरविक र व्राइडल डिजाइन वढी चल्तीमा छ । पछिल्लो समय गोल्डेन अरविक, लेटेस्ट अरविक, सुपर्व हिना युवतीहरुले रुचाएको पाइन्छ । भारतमा विशेषगरि कर्माचौथ, विवाह, श्रावण लगायतमा फरक फरक डिजाइनका मेहन्दीको प्रयोग गर्ने गरिएको पाइन्छ ।

कसरी बनाउने मेहन्दी ?

मेहन्दी घरमै पनि बनाउन सकिन्छ । मेहन्दीका लागि मेहन्दीको एक रुखका पातलाई पिसेर पनि यसलाई बनाउन सकिन्छ । तिउरीमा फर्सिको फूल, सिमीको पाता मिसाएर मेहन्दी घरमै पनि बनाउने गरिन्छ ।

तर यो झन्झटिलो हुने भएकाले आजभोलि युवतीहरुले तयारी अवस्थामा कोनमा पाइने मेहन्दीको बढी प्रयोग गर्ने गरेका छन् । मेहन्दीलाई गाढा लाग्ने बनाउन विभिन्न केमिकलको प्रयोग हुने भएका करण यस्तो मेहन्दीको सट्टा घरमै बनाइएको मेहन्दीको प्रयोग राम्रो हुन्छ ।

यसरी तयार पार्नुहोस्

–मेहन्दीको धूलोलाई मलमलको कपडाले दुई तीन पटकसम्म चाल्ने

–चियापत्तीको पानीमा मेहन्दीलाई करिब पाँच घन्टाजति भिजाउने ।

मेहन्दीको तेल केही थोपा मिसाउने । यसो गर्दा मेहन्दी गाढा बस्छ ।

त्यसपछि तयार भएको मेहन्दीलाई लगाउन मिल्ने गरि तयार गरिएको प्लास्टिकको कोनमा भर्ने र आफूले चाहेको आकृति अनुसार हात वा शरीरका विभिन्न भागमा भर्ने ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ६ : ५८ बजे

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट