आज पनि भारी वर्षाको सम्भावना-सतर्क रहन आग्रह « Khabarhub

आज पनि भारी वर्षाको सम्भावना-सतर्क रहन आग्रह


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको सक्रियतासँगै देशभर वर्षाको क्रम जारी छ । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार)देशका केही क्षेत्रमा भारी वर्षा तथा अन्य केही क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केही स्थानहरुमा ठूलो वर्षा को सम्भावना रहेको महाशाखाको अनुमान छ।

हाल देशैभरी सामान्य देखि पूर्ण वदली रही काठमाडौंसहितका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षा भैरहेको महाशाखाले जनाएको छ। केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्दै जाने भएको छ।

आज, भोली र पर्सी प्रदेश १, ३,५ र गण्डकी प्रदेशको मध्यपहाडी तथा चुरेको भुभागबाट बहने केही साना नदीहरूमा आकस्मिक बहाव को संभावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण
साउन ४ गते (शनिबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

साउन ५ गते (आइतवार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको पुर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

साउन ६ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ८ : ५४ बजे

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार

विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

काठमाडौं- देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले

उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी