आज पनि भारी वर्षाको सम्भावना-सतर्क रहन आग्रह « Khabarhub

आज पनि भारी वर्षाको सम्भावना-सतर्क रहन आग्रह


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको सक्रियतासँगै देशभर वर्षाको क्रम जारी छ । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार)देशका केही क्षेत्रमा भारी वर्षा तथा अन्य केही क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केही स्थानहरुमा ठूलो वर्षा को सम्भावना रहेको महाशाखाको अनुमान छ।

हाल देशैभरी सामान्य देखि पूर्ण वदली रही काठमाडौंसहितका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षा भैरहेको महाशाखाले जनाएको छ। केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्दै जाने भएको छ।

आज, भोली र पर्सी प्रदेश १, ३,५ र गण्डकी प्रदेशको मध्यपहाडी तथा चुरेको भुभागबाट बहने केही साना नदीहरूमा आकस्मिक बहाव को संभावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण
साउन ४ गते (शनिबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

साउन ५ गते (आइतवार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको पुर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

साउन ६ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ८ : ५४ बजे

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन