त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण | Khabarhub Khabarhub

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ। ४४ वर्षको व्यक्तिमा अस्पतालले कलेजको सफल प्रत्यारोपण गरेको हो ।

यो शल्यक्रियाका लागि भारतको फोर्टिज अस्पतालका डा विवेक भिजको नेतृत्वमा टोली नेपाल आएका थिए। उनीहरुकै सहयोगमा कलेजो प्रत्यारोपण गरिएको कलेजको प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले जानकारी दिए।

कलेजोको प्रत्यारोपण गर्ने टोलीमा डा. विवेक र भण्डारीसहित डा. पलेस्वाँ लाखे जोशी, डा. सुमिता प्रधान, डा. विष्णु कँडेल, डा. सुजन श्रेष्ठ, डा. नरेन्द्र महर्जन, आइसियुका प्रमुख डा. सुवास आचार्य, डा. प्रमेश सुन्दर श्रेष्ठलगायतको टीम थियो ।

यसअघि अस्पतालमा गत जेठ १७ गते पहिलो पटक कलेजको प्रत्यारोपण भएको थियो। उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेकी थिइन्। अहिले भने ४४ वर्षका व्यक्तिमा उनका २८ वर्षिय आफन्तले कलेजको दान गरेका थिए।

पहिलो शल्यक्रियाका लागि भारतको एपोलो अस्पतालबाट डा निरभ गोयलको नेतृत्वमा टोली नेपाल आएका थिए।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  १० : १४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका