नेकपामा माधवलाई विदेश विभाग वामदेवलाई संगठन प्रमुखको जिम्मेवारी « Khabarhub

नेकपामा माधवलाई विदेश विभाग वामदेवलाई संगठन प्रमुखको जिम्मेवारी


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका तीन शीर्ष नेताको जिम्मेवारी तोकिएको छ । जस अन्तर्गत नेकपाका नेता माधवकुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै अर्का नेता झलनाथ खनाललाइृ नीति अध्ययन तथा प्रतिष्ठानको जिम्मेवारी दिएको छ भने वामदेव गौतमलाई संगठन विभाग प्रमुख तोकिएको छ ।

बिहीबार र शुक्रबार बिहान बसेको नेकपा बैठकले ३ नेताको जिम्मेवारी टुंग्याएको हो । नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ।

अहिले पार्टीले जिम्मेवारी प्रदानका विषयमा गम्भीर भएर छलफल गरिरहेको र सबै काम टुंग्याएपछि साउन ५ गते बस्ने सचिवालय बैठकले निर्णय अनुमोदन गर्ने नेता झलनाथ खनालले बताए ।

नेकपाको केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व पनि टुंगो लागेको छ। परिषद् अध्यक्षको जिम्मेवारी पूर्वएमालेबाट केशव बडाल र मञ्चको नेतृत्व पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। मञ्च र परिषद्मा पूर्वएमालेको एक सय २१ र माओवादीको सय सदस्य रहनेछन्।

नेकपाका तीन आयोगमा पनि नेतृत्व टुंगो लागेको छ। लेखापरीक्षण आयोगमा डा. पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई नेतृत्व दिने सहमति पूर्वएमालेका नेताबीच भएको छ। त्यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगमा अमिक शेरचन छानिएका छन्।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  १० : २४ बजे

वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल