कम्युनिष्ट सरकारका कारण राष्ट्रियता कमजोर भयो : डा. शेखर कोइराला « Khabarhub

कम्युनिष्ट सरकारका कारण राष्ट्रियता कमजोर भयो : डा. शेखर कोइराला


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट सरकारको अपरिपक्वता र दम्भले राष्ट्रियता धरापमा परेको बताएका छन् ।

वर्तमान सरकारका कारण राष्ट्रियता इतिहासकै कमजोर बनेको बताउँदै उनले देशको अस्मिता र राष्ट्रियतामाथि खेलबाड नगर्न सरकारलाई चेतावनी दिए ।

सरकारका हरेक गतिविधिले अन्तर्राष्ट्रिय तहमा देशको छवि धमिलिँदै गएको भन्दै डा. कोइरालाले प्रश्न गरे, ‘भेनेजुएलाका राष्ट्रपतिका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिष्ट नेताहरुले के गर्न खाजेको ? यसले नेपालको छवि कहाँ पुग्छ ? अन्तर्राष्ट्रियस्तरमा के सन्देश जान्छ ?’

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम जिल्ला परिषदलाई सम्बोधन गर्दै कांग्रेसका नेता डा. कोइरालाले सरकारका अराजकताविरुद्ध सडक र सदनमा आगो बाल्नुपर्ने समयमा कांग्रेस आन्तरिक समस्या र द्वन्द्वमा अल्झिरहनु दुखद भएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेस पार्टी भित्रको झगडाले कमजोर बन्दा कम्युनिष्टहरुले फाइदा उठाएको बताए । उनले वृद्ध नेताहरुले अब विश्राम लिनु पर्ने बताउँदै त्यसो नभए आगामी महाधिवेशनबाट विस्थापित गरिदिने चेतावनी दिए ।

भण्डारीले आफ्ना कार्यकर्ताहरुलाई जग्गा बाँड्न कम्युनिष्ट सरकारले गुठी विधेयक ल्याएको पनि आरोप लगाए ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ४ : ३१ बजे

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.