उत्तर कोरियाबारे तपाईंले नसुनेका १० रोचक तथ्य | Khabarhub Khabarhub

उत्तर कोरियाबारे तपाईंले नसुनेका १० रोचक तथ्य


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया बाहिरी विश्वबाट एक्लिँदै आएको मुलुक हो । उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध संयुक्त राष्ट्रसंघ तथा अमेरिकासहितका मुलुकले नाकाबन्दी लगाएका कारण विश्व समुदायबाट उत्तर कोरिया एक्लिँदै आएको छ ।

बाहिरी विश्वबाट एक्लिएका कारण उत्तर कोरियाबारे धेरै जानकारीहरु उपलब्ध छैनन् । सोही कारण उत्तर कोरिया एकदमै रहस्यमयी मुलुकका रुपमा समेत चिनिन्छ । उत्तर कोरियाबारे १० रोचक तथ्य सबैलाई थाहा नहुन सक्छ ।

१. जुचे व्यवस्था

उत्तर कोरियामा माक्र्सवादी लेनिनवादी दर्शनमा आधारित मौलिक कोरियाली जुचे शैलीको शासन व्यवस्था छ । जुचे व्यवस्थालाई उत्तर कोरियाले आर्थिक, राजनीतिक तथा सामाजिक रुपमा स्वाबलम्बी किसिमको शासन व्यवस्था रहेको हो । उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको दर्शनमा आधारित यो व्यवस्था मूलधारको माक्र्सवादी लेनिनवादी कोरियाली मौलिकता तथा विश्वबाट एक्लिने किसिमको प्रणालीमा आधारित छ । आलोचकहरुले यो शसन शैलीलाई तानाशाही र अधिनायकवादी भन्दै आलोचना गर्ने गरेका छन् ।

२. मृत्युदण्ड

उत्तर कोरियामा सामान्य अपराधमा समेत मृत्युदण्ड दिइने गरिएको छ । त्यहाँ दक्षिण कोरियाली वा विदेशी टेलिभिजन तथा चलचित्र हेरेको, सरकारविरुद्ध अभिव्यक्ति दिएको वा अन्य सामान्य अपराधका लागि समेत मृत्युदण्ड दिइने गरेको छ । उत्तर कोरियामा हरेक वर्ष हजारौंको संख्यामा मृत्युदण्ड दिइने विभिन्न प्रतिवेदनले जनाउने गरेका छन् । मृत्युदण्ड सार्वजनिक स्थानमा धेरै मानिसहरुको उपस्थिती रहेको बेला दिइने गरिएको छ । केही वर्षअघिमात्र सत्तारुढ पार्टीको बैठकमा सुतिरहेका बेला भेटिएका एक उच्च पदस्थ अधिकारीलाई पनि मृत्युदण्ड दिइएको थियो ।

३. ३ पुस्ते सजाय

उत्तर कोरियामा ३ पुस्ते सजायको व्यवस्था छ । यसअनुसार कसैले केही अपराध गरेको खण्डमा अपराधीका सम्पूर्ण परिवारलाई पुनर्शिक्षा वा श्रम शिविरमा राखिन्छ । त्यतिमात्र नभई उक्त परिवारको अर्को दुई पुस्ताले पनि शिविरमै जीवनभर बन्दी बन्नुपर्ने प्रावधान छ । मानवअधिकारवादी संस्थाहरुले उत्तर कोरियाको यस्तो व्यवस्थाको चर्को आलोचना गर्ने गरेका छन् ।

४. १५ किसिमका हेयरस्टाइल

उत्तर कोरियामा जसले जस्तो चाह्यो उस्तै हिसाबमा कपाल काट्न पाइन्न । त्यहाँका नागरिकलाई कपाल काट्न विभिन्न १५ स्टाइलहरु छुट्याइएका छन् । उत्तर कोरियाली नागरिकले उनै १५ किसिमका हेयरस्टाइलमध्ये एक छानेर कपाल काट्नुपर्छ । तैपनि सर्वोच्च नेता किम जोङ उनको हेयरस्टाइलमा भने कसैले कपाल काट्न पाउँदैनन् ।

५. जुचे क्यालेण्डर

उत्तर कोरियामा बेग्लै किसिमको पात्रो छ । उत्तर कोरियाली सर्वोच्च नेता किम इल सुङको जन्म भएको वर्ष १९१२ लाई आधार बनाएर पात्रो बनाइएको हो । यसअनुसार बाँकी विश्वमा सन् २०१९ हुँदा उत्तर कोरियामा जुचे संवत् १०७ मात्र हुन्छ ।

६. टेलिभिजन

उत्तर कोरियामा केबल ३ टेलिभिजन च्यानलहरुमात्र छन् । र, हरेक टेलिभिजनले त्यहाँको प्रोपागाण्डा मात्र प्रसारण गर्ने गरेका छन् । बाहिरी विश्वका टेलिभिजन हेर्न उत्तर कोरियामा प्रतिबन्ध छ । तैपनि दक्षिण कोरियाबाट तस्करी गरी ल्याइएका चलचित्रहरु उत्तर कोरियामा निकै लोकप्रिय मानिन्छ । तर, यस्ता चलचित्र हेर्नु गैर कानूनी हुने भएकाले यस्ता चलचित्र हेर्नेलाई मृत्युदण्ड समेत दिने गरिन्छ ।

७. सेना

उत्तर कोरिया विश्वको सबैभन्दा धेरै सैनिक भएको मुलुकमध्येमा पर्छ । यहाँ १२ लाख भन्दा धेरै सैनिक छन् । आफ्नो सार्वभौमिकताको रक्षाका लागि भन्दै उत्तर कोरियाले ठूलो स्तरमा सेना निर्माण गरेको हो । यहाँको सेनामा पुरुषका साथै महिलाको उपस्थिती पनि बाक्लो छ । यद्यपि उत्तर कोरियाली सेना मुलुक भन्दा पनि त्यहाँको सत्तारुढ कोरियन वर्कर्स पार्टीप्रति वफादार मानिन्छ ।

८. पर्यटक

उत्तर कोरियामा हरेक वर्ष ५ हजारको हाराहारीमा पश्चिमा मुलुकबाट पर्यटक आउने गरेका छन् । चौतफी नाकाबन्दीको सामना गरिरहेको उत्तर कोरियाका लागि पर्यटन आयको राम्रो श्रोतको रुपमा रहेको छ । त्यसबाहेक चीन र रुसबाट पनि हरेक वर्ष ठूलो सङ्ख्यामा पर्यटक आउँछन् । हालै उत्तर कोरियामा बन्दी बनाइएका अमेरिकी नागरिक अटो वर्मबियरको निधन भएपछि भने त्यहाँ पश्चिमा मुलुकका पर्यटकको आवागमनमा कमी आएको छ ।

९. मल

गरिबी र भोकमरीका कारण उत्तर कोरियाको कृषि तथा आर्थिक क्षेत्र निकै कमजोर रहेको छ । सोही कारण उत्तर कोरियामा मानिसको दिसालाई कृषि मलको रुपमा प्रयोग गरिँदै आइएको छ । सोही कारण उत्तर कोरियामा मानिसको दिसाबाट लाग्ने संक्रमक रोग पनि धेरै छ ।

१०. कपडा

उत्तर कोरियामा ढुङ्गाबाट बनाइएको कपडा प्रचलित छ । विशेष किसिमको चुनढुङ्गालाई प्रशोधन गरी प्राप्त भएको भिनल्योन नामक रसायनबाट यस्तो किसिमको कपडा उत्पादन हुने गरेको हो । यी कपडालाई जुचे फ्याब्रिक नाम दिइएको छ । त्यस्तै, उत्तर कोरियामा जिन्स कपडा लगाउन प्रतिबन्ध छ । उत्तर कोरियाले भन्ने गरेको साम्राज्यवादी मुलुकको पहिचानको रुपमा रहेकाले त्यहाँ जिन्स कपडा लगाउन वर्जित रहेको हो ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ६ : ४५ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले