मेघालयविरुद्ध मैदानमा उत्रिंदै नेपाल, प्लेइङ ११ मा को-को ? | Khabarhub Khabarhub

मेघालयविरुद्ध मैदानमा उत्रिंदै नेपाल, प्लेइङ ११ मा को-को ?



गुवाहाटी – मंगलबारदेखि शुरु भएको दोस्रो संस्करणको ‘डा टी आओ फुटबल च्याम्पियनसिप’ अन्तर्गत नेपालको एन्फा यु—२१ टिमले बुधबारबाट आफ्नो प्रतिस्पर्धा थाल्दैछ । ट्रफी उचाल्ने लक्ष्यसहित भारत पुगेको एन्फा टोलीले आफ्नो पहिलो खेल भारतको उत्तर पूर्वीय प्रदेश मेघालयविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

खेल भारतको गुवाहाटीस्थित एलएनआइपी रंगशालामा नेपाली समयअनुसार पौने २ बजेबाट शुरु हुनेछ । पहिलो खेलमा मेघालयसँग खेल्न लागेको एन्फा टोली रहेको पोल ‘बी’ मा एन्फासहित मेघालय, मोजरुम, मनिपुर, त्रिपुरा र नागाल्याण्ड रहेका छन् । प्रतियोगिताका लागि अभ्यास गर्न पर्याप्त समय नभए पनि टोली लयमा रहेको एन्फा टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रष्ठले बताए ।

“समय छोटो भए पनि प्रतियोगिताका लागि तयारी राम्रो छ । सबै खेलाडीहरुले लिग खेलिराखेको भएर खेलमा कुनै समस्या छैन् । तर, टिम सेट हुन पाएका छैन,” उनले अगाडि भने, “। हामीले पाँच खेल खेल्नु छ । पहिलो र दोस्रो खेलमा सेट नभए पनि तेस्रो खेलदेखि राम्रो टिम बन्छ ।”

११ टिमले प्रतिसपर्धा गर्ने प्रतियोगितामा एन्फा टोलीको लक्ष्य ट्रफी उचाल्ने नै रहेको उनले बताएका छन् । ‘डा टी आओ’ प्रतियोगितामा एन्फा टोलीमा विभिन्न उमेरसमूहमा राष्ट्रिय टोलीमा स्थान बनाइसकेका अनुभवी खेलाडी रहेकाले एन्फा टोलीले ट्रफी उचाल्न सक्ने सम्भावना बलियो रहेको छ ।

टोलीको बलियो डिफेन्डरका रुपमा कप्तान छिरिङ गुरुङ र असिम भुषाल रहेका छन् । यस्तै, मिडफिल्डिरमा अभिषेक रिजाल र एरिक बिष्ट तथा फरवार्डमा रेजिन सुब्बा रहँदा गोलकिपरमा सोजित गुरुङले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

त्यस्तै, अर्का फरवार्ड राजिव लोप्चनले तथा डिफेन्डर असिम भुषल लगायतले पनि उमेर समूह बाट खेलिसकेकाले अवसर पाउँदा उनीहरुले आफूलाई प्रमाणित गर्ने प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

नेपालका ४ स्टार खेलाडी

छिरिङ गुरुङ (कप्तान) — डिफेन्डर

सहिद स्मारक ए डिफिजन लिगमा च्यासल युथ क्लबबाट खेलेका छिरिङ गुरुङले युवा टोलीको नेतृत्व गरिरहेका छन् ।

च्यासलको मुख्य पिलरका रुपमा रहेका छिरिङले गुवाहाटीमा जारी प्रयिोगितामा आफ्नो क्षमता प्रदर्शन गर्दै टोलीलाई जीत दिलाउने विश्वास प्रशिक्षकले लिएका छन् ।

स् २०१५ को साफच्याम्पयनसिप विजेता टोली नेपालका मुख्य सदस्य छिरिङ परिस्थिति अनुसा खेल्न र टिमलाई अगाडि बढाउन सक्ने क्षमतावान खेलाडीका रुपमा हेरिएका छन् ।

अभिषेक रिजाल (उपकप्तान) — मिडफिल्डर

एन्फा यु २१ टोलीको मुख्य पिलरका रुपमा अभिषेक रिजाललाई हेरिएको छ । सिनियर राष्ट्रिय टोलीमा स्थान बनाइसकेका रिजालले घरेलु लिगहरुमा पनि राम्रो प्रदर्शन पस्किंदै आएका छन् ।

पुलिसका भरपर्दा मिडफिल्डर रिजालले गुवाहाटीमा राम्रो प्रदर्शन गर्दै टोलीलाई ट्रफी दिलाउन सक्ने खेलाडीका रुपमा हेरिएको छ ।

घरेलु लिगमा विभागीय टिम नेपाल पुलिस क्लबबाट खेलिरहेका रिजालले सन् २०१७ को यु—१९ साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै १ गोल समेत गरेका थिए ।

रेजिन सुब्बा — फरवार्ड

फरवार्ड रेजिन सुब्बा घरेलु प्रतियागितामा चर्चित नाम हो । उनले पुसमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेलेका थिए ।

पुलिसबाट ए डिभिजन लिग खेलेका रेजिनले टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै, उनले पछिल्लो समय नेपालको चर्चीत क्लब थ्रीस्टार बाट पनि मोफसलका प्रतियागितामा सहभागीता जनाएका थिए भने अहिले उनी झापा ११ सँग आवद्ध भएका छन् । मेघालयविरुद्धको खेलमा एन्फा टोलीको मुख्य स्टाइकरका रुपमा सुब्बा रहनेछन् ।

सोजित गुरुङ —गोलकिपर

सन् २०१५ को यु—१९ साफ च्याम्पियनसिपको आयोजक राष्ट्र नेपालले जितेको थियो । उक्त साफलाई सम्झने हो भने नेपाली फुटबल प्रशंसकले गोलकिपर सोजित गुरुङलाई बढी सम्झिन्छन् ।

गोलकिपर गुरुङले फाइनल खेलमा भारतविरुद्ध जीत दिलाउन महत्वपूर्ण तीन पेनाल्टीको बचाउ गर्दै टोलीलाई जित दिलाएका थिए ।

तिनै गोलकिपर सोजित भारतमा जारी टी आओ प्रतियोगिताको गोलकिपरको जिम्मेवारी पाउने सम्भावना अधिकतम रहेको छ । साथै, उनले पुसमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एन्आरटीबाट खेलेका थिए भने मोफसलका प्रतियोगिताहरु रुपन्देहीबाट खेल्दै आएका छन् । उनले मेघालयविरुद्धको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जित दिलाउने अपेक्षा गरिएकोे छ ।

मेघालयविरुद्ध नेपालको प्लेइङ ११
गुवाहाटीस्थित एलएनआईपी रंगशालामा हुने खेलमा मेघालयविरुद्ध खेल्ने एन्फा टोलीको प्लेइङ ११ को निश्चित भएको छ । जसको कप्तानी छिरिङ गुरुङले पाउका छन् । खेल नेपालीसमय अनुसार पौने २ बजेबाट शुरु हुनेछ ।

यस्तो छ नेपाली टोली
गोलकिपर : सोजित गुरुङ
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, छिरिङ गुरुङ (कप्तान)
मिडफिल्डर : अनिल महर्जन, अरिक विष्ट, नितिन थापा, अभिषेक रिजाल,
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ०० बजे

परराष्ट्रमन्त्री आरजु राणा इटाली प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन

राजाजी डाँडाबाट सलहेस सर्किट : लहानको नयाँ पर्यटकीय सपना

सिरहा– लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल

मधेशमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश

बाराबाट राजश्व छलीको ४३ लाखको सामानसहित ट्रक नियन्त्रण

बारा– जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा