ढाँटले होइन, आँटले जित्नुस् | Khabarhub Khabarhub

ढाँटले होइन, आँटले जित्नुस्


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्ल्याण्डमा नेल्सन नाम गरेका १२ वर्षका एक बालक थिए । उनका मामा पानी जहाजका नाविक थिए । नेल्सन पनि फुर्सदको समयमा आफ्नो मामासँगै जहाजमा गएर काम सिक्ने गर्थे । यो क्रम चल्दै जाँदा उनि एक चतुर नाविक बने।

यही क्रममा उत्तरी ध्रुवको खोजको लागि रेसहर्स नामक जहाज पठाइयो त्यो बेला नेल्सनले पनि यो जहाजमा नाविकको काम गरे र यात्रामा हिंडे । उत्तरी ध्रुव प्रदेशमा सँधैजसो समुद्र बर्फिलो चट्टानले ढाकिरहन्थ्यो ।

त्यहाँ जुनसुकैबेला भयंकर जीवजन्तुको आक्रमण हुने जोखिम हुन्थ्यो । एक दिन कुनै स्थानमा जहाज अड्याएर राखिएको थियो । त्यही समयमा नेल्सन आफ्नो एउटा साथीसँग घुम्न भन्दै निस्किए । साथीसँग घुम्दै जाँदाबीच बाटोमा एउटा भयानक भालुसँग मुठभेड भयो ।
नेल्सन कति पनि डराएनन् उनले त्यो भालुलाई निशाना बनाएर गोली प्रहार गर्न थाले, त्यही क्रममा उनका साथी कप्तान भने अन्य नाविकलाई खबर गर्न भन्दै जहाजतिर भागे ।

समुन्द्रको छालको कारणले नेल्सनको एउटा पनि गोली भालुको निशानमा लागिरहेको थिएन । केही क्षणमा नै उनीसँग भएका सबै गोली सकियो । फेरि पनि उनी डराएनन् र त्यहाँबाट भागेनन् पनि । बरु निर्भयताका साथ बन्दुकको कुन्दाले भालुलाई हिर्काउँन थाले ।

जब जहाजका कप्तान त्यहाँ पुगे र उनले एक गोली हानेर भालुलाई मारिदिए । अनि, उनी नेल्सनको साहस देखेर अचम्ममा परे । कप्तानले नेल्सनसँग सोधे – तिमीलाई भालुसँग डर लागेको थिएन ? नेल्सनले मुस्कुराउँदै जबाफ दिए – कतिपनि लागेन । म यो भालुको छाला आफ्नो बाबुको लागि लिएर जानेछु ।

यही बहादुर बालक नेल्सन ठूलो भएपछि ब्रिटिश फौजका सेनापति बनेर यिनकै वीरताको कारणले वाटरलूको मैदानमा नेपोलियनको हार भयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : १९ बजे

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि