काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको डरलाग्दो तथ्य, हरेक वर्ष १५० को मृत्यु | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको डरलाग्दो तथ्य, हरेक वर्ष १५० को मृत्यु



काठमाडौं– सवारी साधन दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न समयमा सचेतना र अन्य कार्यक्रमहरु गर्ने गरेको छ ।

दुर्घटना न्यूनीकरण, व्यवस्थित सडकको प्रयोगका लागि ट्राफिक प्रहरीले समूदायसँग मिलेर कार्यक्रमहरु गरिरहेपनि सवारी दुर्घटनामा भने कमी आएको छैन ।

सडक दुर्घटनामा कमी नआउनुमा सडकको दुरावस्था, चालकको लापरवाही, सडक प्रयोगकर्ता र सवारीसाधानमा देखिने प्राविधिक गडबढी प्रमुख कारणका रुपमा रहँदै आएका छन् ।

काठमाडौं उपत्यकाभित्र हुने सवारी दुर्घटनामा गत आर्थिक वर्षभरी ६ हजार ३ सय ८१ सवारी साधन दुर्घटना भएका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममै ३ हजार ३ सय ५० वटा सवारी दुर्घटनामा परेका छन् ।

गत आर्थिक वर्षमा सडकको अवस्थाका कारण ४८ वटा सवारी साधन दुर्घटना भएका थिए । चालु आर्थिक वर्ष मंसिरको मसान्तसम्म २० वटा सवारी साधन दुर्घटना भएको ट्राफिक महाशाखाले जनाएको छ ।

उपत्यकाभित्र हुने सवारी दुर्घटनामा परी हरेकम वर्ष १ सय ५० जनाले ज्यान गुमाइरहेका छन् भने २ सय ५० जना गम्भीर घाइते हुने गरेका छन् ।

०६८ सालदेखि हालसम्म राजधानीभित्र सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १ हजार १ सय पुगेको छ । जसमा १६ वर्षमुनिका १ सय ७ जना, १७ देखि ३५ वर्षसम्मका ६ सय ४४ जना र ३६ वर्षभन्दा माथिका ४ सय ६७ जना छन् ।

ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाका अनुसार आठ वर्षको अवधिमा गम्भीर घाइते हुनेको संख्या १ हजार ९ सय १४ पुगेको छ भने २८ हजार ४ सय ४६ जना सामान्य घाइते भएका छन् ।

गत आर्थिक वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी चालकको लापरवाहीको कारण सवारी दुर्घटना भएको देखिन्छ । ट्राफिक प्रहरीले समयसमयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरि रहे पनि अपेक्षाअनुसार अझै सवारी दुर्घटनामा कमी आउन नसकेको सापकोटाले बताए ।

गत आर्थिक वर्षमा चालकको लापरवाहीका कारण ५ हजार ९६१ वटा सवारी साधन दुर्घटना भएका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २ हजार ९ सय १३ सवारी साधन दुर्घटनामा परेका छन् ।

चालकले तीव्र्र गतिमा सवारी चलाउँदा गत आर्थिक वर्षमा ७१ वटा सवारी साधन दुर्घटना भएका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २ सय ३६ वटा सवारी दुर्घटनामा परेका छन् । चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा २ सय २१ सवारी दुर्घटना भएका थिए ।

त्यस्तै, गत आर्थिक वर्षमा यान्त्रिक गडबडीका कारण ४४ वटा सवारी साधन दुर्घटनामा परेका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मा २५ वटा सवारी साधन दुर्घटनाग्रस्त भएका छन् ।

गत आर्थिक वर्षमा ओभरटेक गर्ने क्रममा २९, पैदलयात्रुको लापरवाहीका कारण ३, अन्य (मौसम, चौपाया)का कारण ४ गरी ६ हजार ३८१ वटा सवारी साधन दुर्घटना भएका थिए ।

सवारी दुर्घटनामा संलग्न चालकको उमेर समूहका हिसावले गत आर्थिक वर्षमा २० वर्ष मुनिका ९ सय ९३ जना चालक दुर्घटनामा परेका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १ हजार ६ सय १० जना दुर्घटनामा परेका छन् । त्यसैगरी २१ देखि ४० वर्षभित्रका ८ हजार २ सय २४ चालकहरु दुर्घटनामा परेका थिए । चालु आवको मंसिर मसान्तसम्ममा ३ हजार १४० जना दुर्घटनामा परेका छन् ।

गत आर्थिक वर्षमा ४१ वर्षभन्दा माथिको उमेर समुहका २ हजार १ सय ९० जना चालक दुर्घटनामा परेका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आइपुग्दा १ हजार १९५ जना दुर्घटनामा परेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १२ : २६ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त