एसियन भलिबल कन्फेडेरेसनमा आज ३ खेल « Khabarhub

एसियन भलिबल कन्फेडेरेसनमा आज ३ खेल


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज (मंगलबार) ३ खेल हुदैछ । ललितपुरको लगनस्थित आर्मी क्लबको कभर्डहलमा समुह बी अन्तर्गत दुई र समुह ए अन्तर्गत एक खेल हुदैछ ।

पहिलो खेलमा दिउँसो ३ बजे बंगलादेशले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको पहिलो खेलमा पराजत भोगेका दुवै टोलीलाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तान र उज्वेकिस्तानले बंगलादेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेका थिए ।

दोस्रो खेलमा अपरान्ह ५ बजे तुर्कमेनिस्तानले उज्वेकिस्तान भिड्नेछन् । अघिल्लो चरण प्रवेशको सम्भावना सहित दुवै टोली मैदान उत्रन लागेका हुन् । दुवै टिमले पहिलो खेलमा जित निकालेको थिए ।

दिनको तेस्रो तथा अन्तिम खेलमा कीर्गिस्तानले माल्दिभ्ससंग खेल्नेछन् । साँझ ७ बजे शुरु हुने खेलले समुह एको सेमिफाईनल समिकरणको बिषयमा बोल्नेछ । कीर्गिस्तान लगातार दोस्रो जित निकाल्दै सेमिफाईनल पुग्ने लक्ष्यमा हुनेछ ।

माल्दिभ्स भने कीर्गिस्तानलाई रोक्दै सबै समुह एको समिकरण रोमाञ्चक बनाउने लक्ष्यमा हुनेछ । प्रतियोगिताको सरप्राईज टोलीको संज्ञा पाएको माल्दिभ्सले पहिलो खेल खेल्न लागेको हो । कीर्गिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो ।

पहिलो खेलमा कीर्गिस्तान र नेपालको राम्रा, नराम्रो पक्षबारे माल्दिभ्स पक्कै जानकार भएको हुनपर्छ । सेमिफाईनल पुग्ने लक्ष्य रहेको नेपालको सबै सम्भावना माल्दिभ्समा निर्भर छ ।

सोही कारण माल्दिभ्सको खेल निकाल्दै आवश्यक रणनीति बुन्ने अवसर नेपाललाई प्राप्त छ । सेमिफाईनल पुग्न नेपालले अन्तिम खेलमा माल्दिभ्सलाई हराउनैपर्ने दबाब छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : २३ बजे

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

निर्वाचनमा एक मतान्तरले समेत जित–हार तय हुन्छ । जसकारण निर्वाचन

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन