रवि लामिछानेका समर्थकविरुद्ध ‘माता’ले दिइन उजुरी « Khabarhub

रवि लामिछानेका समर्थकविरुद्ध ‘माता’ले दिइन उजुरी


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शालिकराम पुडासैनी प्रकरणमा छानविनका लागि पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेसँगै आफ्नो भविष्यवाणि मिलेको दाबी गर्ने एक ‘माता’ सामाजिक सञ्जालमा भाइरल छिन् ।

सविता सरु शर्मा नाम गरेकी उनले आफूले पहिले नै रविलाई यस विषयमा सचेत गराएको दाबी गर्दै आएकी छिन् । आफूले रविको फेसबुकमा म्यासेज पठाएको भन्दै विभिन्न युट्युब च्यानलहरुमा अन्तरवार्ता समेत दिँदै आएकी छिन् । उनले दिएका अन्तर्वाता सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

अन्तर्वार्तामा रविलाई संकट आउने र अझै संकट टरिनसकेको भन्ने उनको भविष्यवाणिलाई लिएर रविका केही समर्थकहरुले उनलाई गाली गलौज र अपशब्द समेत लेखेपछि उनीहरुलाई कारबाहीका लागि सविता प्रहरीसमक्ष पुगेकी छिन् । आफूलाई गाली गर्दै कमेन्ट गर्ने र धाकधम्की दिनेविरुद्ध सविताले अपराध महाशाखामा जाहेरी दिएकी हुन् ।

उजुरी दिएपछि माताले मिडियासंग कुराकानी गर्दै भनिन् “मलाई अमेरिकादेखि धेरै ठाउँबाट म्यासेज र फोनमा धम्की  आउन थाले । रवि लामिछानेको नाम लिदै मलाइ धम्की आउन थाल्यो जसले गर्दा मलाइ डर त्रास हुन थाल्यो । मैले रवि लामिछानेलाई उनको जीवनमा आउने संकटको बारेमा म्यासेज गरेर भनेको कुरा उल्लेख गर्दा रविको समर्थकबाट अहिले एकोहोरो गाली र धम्की आउन थालेपछि म उजुरी दिन वाध्य भएँ ।’

सविताले रविलाइ अझै अफ्ठ्यारोको समय चलेको बताएकी छिन् । उनले शालिकराम प्रकरणबारे कुनै भविष्यवाणी नगरेको समेत स्पष्ट पारेकी छिन् । सविताले प्रहरीमा जाहेरी दिएपछि घटनाको अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ५७ बजे

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका