रवि लामिछानेका समर्थकविरुद्ध ‘माता’ले दिइन उजुरी « Khabarhub

रवि लामिछानेका समर्थकविरुद्ध ‘माता’ले दिइन उजुरी


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शालिकराम पुडासैनी प्रकरणमा छानविनका लागि पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेसँगै आफ्नो भविष्यवाणि मिलेको दाबी गर्ने एक ‘माता’ सामाजिक सञ्जालमा भाइरल छिन् ।

सविता सरु शर्मा नाम गरेकी उनले आफूले पहिले नै रविलाई यस विषयमा सचेत गराएको दाबी गर्दै आएकी छिन् । आफूले रविको फेसबुकमा म्यासेज पठाएको भन्दै विभिन्न युट्युब च्यानलहरुमा अन्तरवार्ता समेत दिँदै आएकी छिन् । उनले दिएका अन्तर्वाता सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

अन्तर्वार्तामा रविलाई संकट आउने र अझै संकट टरिनसकेको भन्ने उनको भविष्यवाणिलाई लिएर रविका केही समर्थकहरुले उनलाई गाली गलौज र अपशब्द समेत लेखेपछि उनीहरुलाई कारबाहीका लागि सविता प्रहरीसमक्ष पुगेकी छिन् । आफूलाई गाली गर्दै कमेन्ट गर्ने र धाकधम्की दिनेविरुद्ध सविताले अपराध महाशाखामा जाहेरी दिएकी हुन् ।

उजुरी दिएपछि माताले मिडियासंग कुराकानी गर्दै भनिन् “मलाई अमेरिकादेखि धेरै ठाउँबाट म्यासेज र फोनमा धम्की  आउन थाले । रवि लामिछानेको नाम लिदै मलाइ धम्की आउन थाल्यो जसले गर्दा मलाइ डर त्रास हुन थाल्यो । मैले रवि लामिछानेलाई उनको जीवनमा आउने संकटको बारेमा म्यासेज गरेर भनेको कुरा उल्लेख गर्दा रविको समर्थकबाट अहिले एकोहोरो गाली र धम्की आउन थालेपछि म उजुरी दिन वाध्य भएँ ।’

सविताले रविलाइ अझै अफ्ठ्यारोको समय चलेको बताएकी छिन् । उनले शालिकराम प्रकरणबारे कुनै भविष्यवाणी नगरेको समेत स्पष्ट पारेकी छिन् । सविताले प्रहरीमा जाहेरी दिएपछि घटनाको अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ५७ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको