बार्सिलोनाका कौटिन्हो बार्यनमा भने धेरै उपाधि जित्न चहान्छु « Khabarhub

बार्सिलोनाका कौटिन्हो बार्यनमा भने धेरै उपाधि जित्न चहान्छु


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्रजिलियन मिडफिल्डर फिलिपे कौटिन्होलाई बार्सिलाृनाले लोनमा जर्मन क्लब वायर्न म्युनिखलाई दिएको छ । बार्यनमा प्रवेश पाएका कौटिन्होले त्यहाँ रहँदा १० नम्बर जर्सी लगाउने भएका छन् ।

बार्सिलोनाले कौटिन्होलाई एक सिजनका लागि मात्रै बार्यनलाई दिएको हो । यस्तै वायर्नले कौटिन्होसँग सोमबार औपचारिक रुपमा सम्झौता समेत गरिसकेको छ । लोनमा क्लब आएपनि बार्सिलोनाले वायर्नलाई स्थाई अनुबन्धको अवसर समेत दिएको छ ।

बार्यनमा आवद्ध भएको कौटिन्होले बार्सिलोनामा धेरै जसो आफुले चाहे जस्तो नभएको बताउँदै बार्यनबाट धेरै उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।

‘बार्सिलोनामा हामीले कल्पना गरेको जस्तो धेरै कुरा भएन । तर, यो इतिहास भएको छ । कौटिन्होले भने, ‘मलाई आशा छ म यहाँ लामो समय रहने छु र धेरै उपाधि जित्न चाहन्छु ।’

जर्मन च्याम्पियन वायर्नले २७ वर्षे मिडफिल्डर कौटिन्होलाई ८.५ मिलियन युरोमा अनुबन्ध गरेको हो । यस्तै बार्सिलोनाले कौटिन्होलाई १२० मिलियन युरोमा किन्नका लागि अवसर समेत दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १० : १३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन