बैतडीमा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने | Khabarhub Khabarhub

बैतडीमा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ । ‘मानसखण्ड पुराणमा उल्लेख भएअनुसार’ पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् र वडा नं ३ को वनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो ।

नेपालका प्रथम ऐतिहासिक जगत् गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गर्ने कार्य शुरु गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक कमल बोहराले जानकारी दिए । पातालभुवनेश्वर धामबाट बग्ने रामगङ्गा नदी (बगडी) र सरयु नदी (सुर्नया)को सङ्गमस्थल वडा नम्बर ६ चौखुडामा ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले जानकारी दिए ।

यस्तै पौराणिक सरयु (सुर्नया) नदीको किनार वडा नम्बर ३ स्थित बनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ । दुवै ठाउँमा ज्योर्तिलिङ्ग स्थापनाका लागि मन्दिर निर्माण गर्न जगत्गुरु देवाचार्यको उपस्थितिमा शिलान्याससमेत गरिएको छ । विश्वनाथधाममा मन्दिर निर्माणका लागि धनीदत्त भट्ट र रामेश्वरधाममा मन्दिर निर्माणका लागि रामसिंह विष्टको अध्यक्षतामा समितिसमेत गठन गरिएको छ ।

जिल्लालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न ज्योर्तिलिङ्ग स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने जगत्गुरु देवाचार्यले बताए । पुराणमा लेखिएका कुराका बारेमा जानकारी नहुँदा र यहाँका धार्मिकस्थलको प्रचारप्रसार नहुँदा प्रसिद्ध धाम ओझेलमा परेका उनले बताए ।

यहाँका तीर्थको महिमाका बारेमा पुराणमा उल्लेख गरिएको भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेका जगत्गुरुको भनाइ छ । तीर्थाटनका लागि हजारौँ खर्च गरेर भारतका विभिन्न स्थानमा जाने परिपाटी भएकाले आफ्नै ठाउँका तीर्थको पहिचानका लागि आफूले अभियानसमेत चलाएको उनले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ११ : ५९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी