अमिताभ बच्चनले भने – मेरो ७५ प्रतिशत कलेजो खराब भइसकेको छ « Khabarhub

अमिताभ बच्चनले भने – मेरो ७५ प्रतिशत कलेजो खराब भइसकेको छ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा महानायकको उपाधिबाट कहलिएका अमिताभ बच्चन अझै पनि आफ्नो कर्ममा सक्रिय छन् । उनी टेलिभिजन रियालिटी शो का कारण पनि चर्चामा छन् ।

हालै अमिताभले फ्यानलाई दुःखी तुल्याउने एक जानकारी सार्वजनिक गरेका छन् । देख्दा फिट देखिए पनि उनले आफ्नो कलेजो ७५ प्रतिशत काम नलाग्ने भइसकेको बताएका छन् ।

उमेरले अमिताभ बच्चन ७६ वर्ष पुगिसकेका छन् । उनले एक अन्तर्वार्ताका क्रममा आफ्नो ७५ प्रतिशत कलेजो खराब भइसकेको र २५ प्रतिशतले बाँचेको बताए । ‘मलाई क्षयरोग छ, अरु पनि रोग छन्, रोगबारे थाहा पाउन सके यसको उपचार पनि सम्भव छ ।’

उनले आम मानिसलाई नियमित चेकजाँच गर्न पनि सल्लाह दिए ।

पछिल्लो समय अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’बाट पर्दामा आएका थिए । साथै पछिल्लो समय उनी अभिनित फिल्म ‘बदला’ ले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १२ : २९ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ