हिंसा पीडितका गुनासो सुन्न स्थानीय सरकार कै नेतृत्वमा न्यायिक समिति « Khabarhub

हिंसा पीडितका गुनासो सुन्न स्थानीय सरकार कै नेतृत्वमा न्यायिक समिति


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला हिंसा दिनहुँ बढ्दै गइरहेको छ । सामाजिक सञ्जालमा महिला हिंसाका घटना प्रशस्त रुपमा आइरहन्छन् । तर, महिला अधिकारका लागि लड्ने संघ संस्थामा उजुरी दिन आउने महिलाको संख्या अत्यन्तै न्यून देखिन्छन् ।

जति पनि संघसंस्थाहरु छन् त्यी सबै शहर केन्द्रित छन् । दूरदराजका महिलाहरु लामो समयदेखि पीडा खेपेरै बसिरहेका पनि छन् । उनीहरुलाई आफ्नो पीडा सुन्दिने संस्था छ कि छैन ? कहाँ गएर उजुरी गर्ने ? कसरी गर्ने ? कसरी न्याय पाइएला ? यी यावत् कुरा नहुन पनि सक्छ ।

त्यसकारण पनि उनीहरु पछि परेका छन् । यदि जो कोही पनि महिला तथा घरेलु हिंसामा परिरहेका छन् । महिला आयोगमा उजुरी गरेर न्याय पाउन सक्नेछन् ।

यसरी गर्नस् उजुरी :

महिला हिंसा वा सामाजिक कुरितीबाट पीडित भएको वा महिला अधिकार प्रयोग गर्न नदिएको वा कुनै व्यक्ति वा संस्थाले महिला अधिकारको प्रयोग गर्नबाट वञ्चित गरेको विषयमा पीडित व्यक्ति वा निजको तर्फबाट जो सुकैले आयोग समक्ष लिखित वा मौखिक उजुरी दिन सक्नेछ ।

आयोगमा उजुरी दिँदा कुनै दस्तुर लाग्ने छैन । पीडितले जुनसुकै ठाउँबाट पनि उजुरी गर्न सक्नेछन् । त्यसका लागि महिला आयोगमा निशुल्क टेलिफोन सेवा पनि रहेको छ ।

पीडितले ११४५ डायल गरी गुनासो टिपाउन सक्नेछन् भने एसएमएस र अनलाइनमार्फत पनि गुनासो टिपाउन सक्नेछन् ।

पीडित स्वयम् महिला आयोगमा उपस्थित भएर पनि उजुरी गर्न सक्नेछन् । उपस्थित भएसँगै आयोगले फारम दिनेछ भने पीडितले त्यो भर्नुपर्नेछ । भरेसँगै त्यो फारम आयोगमा दर्ता हुनेछ ।

दर्ता पश्चात आयोगले सम्बन्धित पक्षसँग पुगि कस्तो प्रकारको हिंसा हो र हिंसा दिने व्यक्ति को हो ? त्यसलाइ आयोगमा ल्याउँछ ।

त्यसँगै आयोगले सामान्य हिंसा हो र पीडित र पीडक मिल्न सक्ने अवस्था छ भने मिलाइदिन्छ नत्र कानुनी पक्रियाअनुसार अघि बढ्नेछ ।

यसरी पनि गर्न सकिन्छ :

दूरदराजमा महिला हिंसाको पीडा सहेर बसेका मलिालाइ लक्षित गरी महिला आयोगले यी निकायसँग पनि सहकार्य गरेको छ । जसअनुसार पीडितहरु सिधै यी निकायसमक्ष पुगि हिंसाबारे कुरा गर्न सक्नेछन् । अहिले यी निकायले घरेलु तथा महिलाको सम्बोधन समेत गरिरहेका छन् ।

हिंसा पीडितका लागि जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय मार्फत न्याय पाउन सकिने छ । त्यस्तै र स्थानीय सरकारका प्रमुख वा उपप्रमुख मध्ये एकको संयोजकत्वमा गठित न्यायिक समितिले पनि हिंसा पीडितका मुद्दा हेर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

महिला हिंसाका मुद्दा किन आउँदैनन आयोगमा ?

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : ३१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल