हिंसा पीडितका गुनासो सुन्न स्थानीय सरकार कै नेतृत्वमा न्यायिक समिति « Khabarhub

हिंसा पीडितका गुनासो सुन्न स्थानीय सरकार कै नेतृत्वमा न्यायिक समिति


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला हिंसा दिनहुँ बढ्दै गइरहेको छ । सामाजिक सञ्जालमा महिला हिंसाका घटना प्रशस्त रुपमा आइरहन्छन् । तर, महिला अधिकारका लागि लड्ने संघ संस्थामा उजुरी दिन आउने महिलाको संख्या अत्यन्तै न्यून देखिन्छन् ।

जति पनि संघसंस्थाहरु छन् त्यी सबै शहर केन्द्रित छन् । दूरदराजका महिलाहरु लामो समयदेखि पीडा खेपेरै बसिरहेका पनि छन् । उनीहरुलाई आफ्नो पीडा सुन्दिने संस्था छ कि छैन ? कहाँ गएर उजुरी गर्ने ? कसरी गर्ने ? कसरी न्याय पाइएला ? यी यावत् कुरा नहुन पनि सक्छ ।

त्यसकारण पनि उनीहरु पछि परेका छन् । यदि जो कोही पनि महिला तथा घरेलु हिंसामा परिरहेका छन् । महिला आयोगमा उजुरी गरेर न्याय पाउन सक्नेछन् ।

यसरी गर्नस् उजुरी :

महिला हिंसा वा सामाजिक कुरितीबाट पीडित भएको वा महिला अधिकार प्रयोग गर्न नदिएको वा कुनै व्यक्ति वा संस्थाले महिला अधिकारको प्रयोग गर्नबाट वञ्चित गरेको विषयमा पीडित व्यक्ति वा निजको तर्फबाट जो सुकैले आयोग समक्ष लिखित वा मौखिक उजुरी दिन सक्नेछ ।

आयोगमा उजुरी दिँदा कुनै दस्तुर लाग्ने छैन । पीडितले जुनसुकै ठाउँबाट पनि उजुरी गर्न सक्नेछन् । त्यसका लागि महिला आयोगमा निशुल्क टेलिफोन सेवा पनि रहेको छ ।

पीडितले ११४५ डायल गरी गुनासो टिपाउन सक्नेछन् भने एसएमएस र अनलाइनमार्फत पनि गुनासो टिपाउन सक्नेछन् ।

पीडित स्वयम् महिला आयोगमा उपस्थित भएर पनि उजुरी गर्न सक्नेछन् । उपस्थित भएसँगै आयोगले फारम दिनेछ भने पीडितले त्यो भर्नुपर्नेछ । भरेसँगै त्यो फारम आयोगमा दर्ता हुनेछ ।

दर्ता पश्चात आयोगले सम्बन्धित पक्षसँग पुगि कस्तो प्रकारको हिंसा हो र हिंसा दिने व्यक्ति को हो ? त्यसलाइ आयोगमा ल्याउँछ ।

त्यसँगै आयोगले सामान्य हिंसा हो र पीडित र पीडक मिल्न सक्ने अवस्था छ भने मिलाइदिन्छ नत्र कानुनी पक्रियाअनुसार अघि बढ्नेछ ।

यसरी पनि गर्न सकिन्छ :

दूरदराजमा महिला हिंसाको पीडा सहेर बसेका मलिालाइ लक्षित गरी महिला आयोगले यी निकायसँग पनि सहकार्य गरेको छ । जसअनुसार पीडितहरु सिधै यी निकायसमक्ष पुगि हिंसाबारे कुरा गर्न सक्नेछन् । अहिले यी निकायले घरेलु तथा महिलाको सम्बोधन समेत गरिरहेका छन् ।

हिंसा पीडितका लागि जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय मार्फत न्याय पाउन सकिने छ । त्यस्तै र स्थानीय सरकारका प्रमुख वा उपप्रमुख मध्ये एकको संयोजकत्वमा गठित न्यायिक समितिले पनि हिंसा पीडितका मुद्दा हेर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

महिला हिंसाका मुद्दा किन आउँदैनन आयोगमा ?

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : ३१ बजे

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त